Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

नर्सिङ सुन्दरीको खोजी

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ महिना अगाडि

नर्सहरूको नेतृत्वको विकास गर्न सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल पिस’ हुने भएको छ । आयोजक नेक्स्ट मोडल नेपालले बिहीबार विज्ञप्ति जारी गर्दै प्रतियोगिताको लागि यही २० डिसेम्बरमा अडिसन हुने जनाएको छ ।एनक्लेकेस नेपाल मुख्य प्रायोजक रहने प्रतियोगितामा १७ देखि २८ वर्षसम्मका नर्स तथा नर्सिङ अध्ययनरत युवतीले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगितामा सहभागिता जनाउन चाहनेले ‘खल्ती’ एपमा उपलब्ध आवेदन फारम भर्नुपर्नेछ ।

प्रतियोगिताका शीर्ष विजेताले १ लाख रुपैयाँ, थाइल्यान्डमा सन् २०२६ मा हुने ‘मिस ग्लोबल’, चीनमा हुने ‘मिस वल्र्ड पिस’ र भियतनाममा हुने ‘मिस प्लानेट इन्टरनेसनल’मा नेपालको प्रतिनिधित्वको अवसर पाउनेछन् । उनीहरूले ५ लाख रुपैयाँ बराबरको विभिन्न उपहारसमेत प्राप्त गर्नेछन् ।

‘सशक्त महिला, सबल राष्ट्र’ नारा राखिएको प्रतियोगिताका लागि छनोट चरणको अडिसनबाट छानिएका प्रतियोगीलाई विभिन्न किसिमका प्रशिक्षण दिएर अन्तिम चरणका लागि तयार पारिनेछ । नेक्स्ट मोडल नेपालका अध्यक्ष रवि धमलाले प्रतियोगिताको प्रारम्भिक चरणमा देशभरका ४ दर्जन नर्सिङ कलेज तथा १०० भन्दा बढी अस्पतालमा कार्यरत नर्सहरूको सहभागिता रहने बताए ।

‘अन्तर्राष्ट्रियस्तरमा शान्तिको सन्देश फैलाउँदै नर्सिङ पेसामा आबद्ध र नर्सिङ अध्ययनरतलाई पेसा र समाजप्रति उत्तरदायित्व बोध गराउन प्रतियोगिता गर्न लागेका हौँ’, अध्यक्ष धमलाले भने, ‘हामी अन्तिम प्रतिस्पर्धाका लागि प्रतियोगीलाई सञ्चार कला, व्यक्तित्व विकास, मोटिभेसन, लिडरसिप, ड्रेस सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिलिङ लगायतका विषयमा प्रशिक्षण दिनेछौँ ।’ संस्थाकी प्रबन्धनिर्देशक यतना पाण्डेले प्रतियोगितामा विभिन्न आधा दर्जन उपविधाका विजेतासमेत छानिने बताइन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • २२ घण्टा अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • २३ घण्टा अगाडि
buddha-air

निर्वाचनको दिन आन्तरिक र वाह्य दुर्व हवाई...

  • २३ घण्टा अगाडि
sunil-thapa

रहेनन् वरिष्ठ अभिनेता सुनिल थापा, ६८ वर्षको...

  • ३ हप्ता अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved