Skip to content
Follow us:
Facebook
Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
Search
Close
Search
Close

दर्शकलाई हर्षले हर्षित बनाएर रुवाउँछ

  • अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ हप्ता अगाडि

निर्देशक शिव रेग्मी पारिवारिक कथाका फिल्म बनाउन माहिर निर्देशकका रूपमा परिचित छन् । शिव अहिले जीवित त छैनन्, तर उनै शिवको पदचाप पछ्याउँदै उनका भान्जी एकता पौडेल मामाकै फ्लेभरको फिल्म ‘हर्ष’ लिएर यही शुक्रबार दर्शकमाझ आउँदै छिन् । अमेरिकाको क्यालिफोर्नियास्थित युनिभर्सल फिल्म स्टुडियोमा फिल्म मेकिङको अध्ययन गरेकी एकता मामाकै प्रेरणाले फिल्म क्षेत्रमा आएको बताउँछिन् ।

काठमाडौँमा हालै पत्रकारमाझ उनले अमेरिकामा पढे पनि नेपाली समाज अथवा परिवारको कथालाई फिल्ममा देखाएको बताइन् । ‘मैले अमेरिकामा फिल्म निर्माण शैली सिकेँ । फिल्म मेकिङको कोर्षले ममा निखारता ल्यायो । त्यसैले नेपाली पारिवारिक कथा रोजेँ’, उनले भनिन्, ‘चितवन घरमा हुँदा मामा शिव रेग्मीसँग फिल्मकै बारेमा कुरा हुन्थ्यो । उहाँले नारायणी नदी आसपास सुटिङ गरेको सुनाउँदा म खुसी हुन्थेँ ।’

एकताले आफूले मामाको जस्तो प्रस्तुति दिन नसके पनि फिल्म हेरेर हलबाट निस्किएका दर्शकको मन छुनेमा ढुक्क रहेको बताइन् । ‘म मामाको, तुलसी घिमिरे सरको फिल्म हेरेर हुर्किएकी हुँ । त्यसैले उहाँहरूकै फ्लेभर दिने मेरो प्रयास रहेको छ’, एकता खुलिन्, ‘मसँग ५–७ वटा स्क्रिप्ट थियो तर सुरुआत पारिवारिक ड्रामाबाटै गरेँ । मैले फिल्ममा पारिवारिक भावनासँगै वंशजका कुरालाई स्थान दिएकी छु ।’

फिल्ममा अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउतले पति–पत्नीको भूमिका निर्वाह गरेका छन् । खगेन्द्रका अनुसार ‘हर्ष’ले दर्शकलाई इन्गेज गर्छ । ‘हरेक फिल्मको आ–आफ्नो विशेषता हुन्छ । हर्ष परिवारको मात्र कथा भएकाले यसले पारिवारिक भावनालाई प्रस्तुत गरेको छ । यसमा वंशजको पनि कुरा छ’, खगेन्द्रले भने, ‘पितृसत्तात्मक परिवारमा यस्ता कुरा बारम्बार आइरहेकै हुन्छन् । एउटा परिवारमा वंशलाई धान्ने मान्छे नहुँदाको विषयलाई अग्रजले र अहिलेको पुस्ताले कसरी हेर्नुहुन्छ भन्ने कुरा फिल्ममा देखाइएको छ । एउटा परिवार भइसकेपछि परिवारमा हरेक सदस्यको महत्व हुन्छ भन्ने भावना फिल्ममार्फत प्रष्ट्याइएको छ ।’

खगेन्द्र कमै मात्र नृत्य गर्ने कलाकारका रूपमा चिनिन्छन् । त्यसकारण पनि उनी फिल्ममा सम्झौता गर्नुअघि आफू ननाच्ने सर्त राख्छन् । तर फिल्म ‘हर्ष’का २ वटा गीत ‘सिठ्ठी मार’ र ‘कुटु कुटु’मा खगेन्द्रले नृत्य गरेका छन् । ‘मैले निर्देशक एकताजीलाई मलाई नाच्ने कुरा आउँदैन, मलाई नृत्य नगराउँदा नै राम्रो हुन्छ भनेको थिएँ । तर, कलाकार भएर पारिश्रमिक लिएरै काम गरिसकेपछि निर्देशकले भनेको कुरा गर्दिनँ भन्न मिलेन । मेरा लागि यो अनुभव भए पनि अब नाच्नु हुँदैहुँदैन भन्ने झन् बढी ज्ञान पाएँ ।’

खगेन्द्र दयाहाङलाई नृत्य गुरु मान्छन् । ‘अहिले त दयाले नाच्न सिकिसक्यो । ऊ मेरो डान्सको गुरु हो । विजय बरालले पनि ‘न्याउली वनैमा’ गीतमा राम्रो नाचेको देख्दा खुसी लाग्यो । तर, मचाहिँ सिक्दिनँ,’ उनले भने ।

अभिनेत्री वर्षाले कथा सुन्दा ‘हर्ष’का लागि सुन्दै छु भनेर थाहा नपाएको दाबी गरिन् । ‘कथा र क्यारेकटर सुन्दा आफूले न्याय गर्न सक्छु कि भन्ने लाग्यो । राम्रो व्यापार गरेका फिल्मले दर्शकलाई रुवाएको छ । मन दुख्ने गरी छोउको छ । हर्षले दर्शकलाई हर्षित बनाएर रुवाउँछ’, उनले भनिन् ।

प्रसन्न पौडेल र विकास पौडेल निर्माता रहेको फिल्ममा खगेन्द्र र वर्षासँगै नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापितको अभिनय छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Jhari-Pachhi-Ko-Indreni-Team

पाँडेले निर्देशन गरेको ‘झरीपछिको इन्द्रेणी’को ट्रेलर सार्वजनिक

  • ४ घण्टा अगाडि
man-pareko-kanchhu-768x591

श्रीमानलाई नचाउँदै शितल शर्माले ल्याइन् ‘मन परेको...

  • ४ घण्टा अगाडि
pokhararara-1024x425

५ पूर्वमन्त्रीसहित ५६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  • ४ घण्टा अगाडि

КРАКЕН МАРКЕТПЛЕЙС ДАРКНЕТ САЙТ ОНИОН

  • ३ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved