Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

‘परान’ २०८२ को सबैभन्दा सफल नेपाली फिल्म, अब पोर्चुगलमा प्रदर्शन हुने

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ महिना अगाडि

दीपक आचार्य ‘काकु’ निर्देशित सुपरहिट चलचित्र ‘परान’ २०८२ सालको सबैभन्दा धेरै कमाइ गर्ने नेपाली फिल्मको सूचीमा पहिलो स्थानमा पर्न सफल भएको छ। परिवार, सम्बन्ध र सङ्घर्षको भावनात्मक कथालाई दर्शकसमक्ष प्रभावकारी ढङ्गले प्रस्तुत गरेको फिल्मले देशभर निकै राम्रो व्यापारीक सफलता पाएको थियो।

फिल्ममा नीर शाह, केकी अधिकारी, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, प्रविन खतिवडा, यमन श्रेष्ठ, बुद्धि तामाङ, बबिन राई लगायत प्रशंसित कलाकारको अभिनय समावेश छ।

अब यो सफल फिल्म पोर्चुगलमा पनि प्रदर्शनमा आउन लागिरहेको निर्माण टोलीले जानकारी दिएको छ। पाँच जना युवाहरूले मिलेर निर्माण गरेको ‘थ्याङ्क यू इन्टरटेनमेन्ट’को प्रस्तुतिमा ‘परान’ पोर्चुगलमा नेपाली समुदाय धेरै रहेको स्थानमा पहिलोपटक देखाइने भएको हो।

पोर्चुगलको राजधानी लिस्बनस्थित क्याम्पो पिकेनोको सिनेमा सिटी हलमा डिसेम्बर १, २ र ३ गते साँझ ५ बजे फिल्म प्रदर्शन गरिनेछ।

‘थ्याङ्क यू इन्टरटेनमेन्ट’मा कलाकार तथा समाजसेवी सन्तोष तामाङ, निर्देशक प्रवेश पौडेल, मोडल तथा व्यवसायी भावेश बस्नेत, रेस्टुरेन्ट व्यवसायी अनिल अधिकारी र समाजसेवी सन्जिब शाह आबद्ध छन्।

समूहले ‘परान’पछि पनि निरन्तर रूपमा नेपाली चलचित्रहरु पोर्चुगलमा प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय बजार विस्तार र नेपाली फिल्म उद्योगलाई विश्वमा चिनाउने अभियानलाई अघि बढाइने जनाएको छ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • १० घण्टा अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • १० घण्टा अगाडि
buddha-air

निर्वाचनको दिन आन्तरिक र वाह्य दुर्व हवाई...

  • १० घण्टा अगाडि
sunil-thapa

रहेनन् वरिष्ठ अभिनेता सुनिल थापा, ६८ वर्षको...

  • ३ हप्ता अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved