Skip to content
Follow us:
Facebook
Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
Search
Close
Search
Close

जापान टूरअघि गृहमैदानमा गुञ्जिँदै ‘नेपथ्य’

  • अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • १ महिना अगाडि

नेपाली खेलजगत्सँग हातेमालो गर्दै लोकरक ब्यान्ड ‘नेपथ्य’ ले यो साता गृहनगरका श्रोता-दर्शकमाझ आफूलाई उभ्याउने भएको छ ।

ब्यान्ड पोखरास्थित रङ्गशालामा तीन वर्षको अन्तरालपछि कात्तिक २१, शुक्रबार प्रस्तुत हुन लागेको हो ।

ब्यान्ड यसपाला क्रिकेट खेलको प्रवर्धन गर्ने उद्देश्यसहित गृहमैदानमा प्रस्तुत हुनेछ । ब्याण्डले यसअघि २०७९ पुस १२ मा मानव सेवाको लक्ष्य बोकेर पोखरेली दर्शकलाई लोकरक सुनाएको थियो ।

झन्डै साढे ३ दशकको यात्रामा ब्यान्डले फरक पुस्ताका तन्नेरीलाई सङ्गीतका माध्यमबाट मनोरन्जन प्रदान गर्नुका साथै सामाजिक दायित्व निर्वाह पनि गर्दै आएको छ ।

सशस्त्र द्वन्द्वकालमा सङ्गीतका माध्यमबाट समाजमा जागरण ल्याउन ‘सुन्दर शान्त नेपाल’, विद्यालयलाई हतियारधारीको हस्तक्षेपबाट मुक्त गर्न ‘शान्तिका लागि शिक्षा’ जस्ता अभियानमा ब्यान्ड सरिक भएको थियो ।

ब्यान्डले विशेष शारीरिक अवस्था भएकाहरूका लागि ‘नेपथ्य फर डिजेबल्ड’, कारागारमा रहेका बालबालिकाका लागि ‘नेपथ्य फर अल’ जस्ता अभियान पनि चलाएको थियो ।

ब्यान्ड यसपटक ‘नेपथ्य फर स्पोट्र्स’ मूल नारासाथ प्रस्तुत हुन लागेको हो । क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिम ‘पोखरा एभेन्जर्स’ को जर्सी सार्वजनिक गर्ने कार्यक्रमलाई सहयोग पुर्‍याउने ब्यान्डको उद्देश्य छ । नेपथ्यको प्रस्तुतिले सङ्गीतप्रेमीको उल्लेख्य हिस्सालाई खेलकुद प्रतियोगितासँग जोड्ने विश्वास ब्यान्डले लिएको छ ।

‘पोखरा एभेन्जर्स’ टिमको जर्सी खरिद गर्ने दर्शकले शुक्रबार बेलुकी कन्सर्टमा सित्तैमा प्रवेश पाउनेछन् । पहिल्यै जर्सी किन्न चाहने (अर्ली बर्ड) दर्शकका निम्ति सहुलियत मूल्यमा एक हजार थान जर्सी बिहीबार बेलुकी ६ बजेबाट बिक्रीका निम्ति सार्वजनिक गरिएकामा शुक्रबार बिहान ७ नबज्दै अर्थात् १३ घण्टामै ‘सोल्ड आउट’ भएको छ ।

‘पोखरा एभेन्जर्स र नेपथ्यप्रति नगरवासीले देखाएको यो माया अनि उत्साहले हाम्रो हौसला बढेको छ,’ टिमका अध्यक्ष सुबोध त्रिपाठी भन्छन्, ‘क्रिकेट समर्थक र सङ्गीतप्रेमी दुवैका लागि यो गर्वको विषय हो ।’

अब कन्सर्टकै दिन अर्थात् शुक्रबार बिहान ११ बजे दुई हजार थान जर्सीको वितरण रङ्गशाला गेटबाटै खुला गर्ने योजना छ । जर्सी बिक्रीबाट उठेको रकमले गण्डकीका सामुदायिक विद्यालयहरूमा क्रिकेट किट वितरण गरिने आयोजकले जानकारी दिएको छ ।

ब्यान्ड यसरी फरक किसिमले प्रस्तुत हुन लागेकामा नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङले प्रसन्नता व्यक्त गरेका छन् । ‘देशमा सङ्कट र जनतामा उकुसमुकुस छाएको बेला खेलकर्मी र कलाकर्मी मिलेर थोरै भए पनि सकारात्मकता सञ्चार गर्न पाउनु ठूलो उपलब्धि हो,’ उनी भन्छन्, ‘यस किसिमको अवस्था सिर्जना गरिदिएकामा खेलाडी र समस्त पोखरेली दर्शकप्रति हार्दिक आभार प्रकट गर्छु ।’

खुला आकाशमुनि आयोजना हुने यस पटकको कन्सर्टमा ब्यान्डको सङ्गीतलाई उत्तिकै गुणस्तरसाथ प्रस्तुत गर्ने जानकारी नेपथ्यलाई व्यवस्थापन गर्दै आएको नेपालयले दिएको छ ।

‘यस शोका लागि व्यावसायिकताका साथसाथै सामाजिक दायित्वलाई पनि प्राथमिकतामा राखेका छौँ,’ नेपालयका टोली नेता किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘ब्यान्डले प्रयोग गर्दै आएको उच्चतम प्राविधिक एवं व्यवस्थापकीय प्रबन्धले यसपालि पनि निरन्तरता पाउनेछ ।’

कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन् ।

पोखरा कन्सर्टपछि ब्याण्डले नोभेम्बरमा जापान टूरको पनि घोषणा गरेको छ ।

सँधैझैँ यस कन्सर्टमा दर्शकले अनलाइनबाट सोझै जर्सी खरिद गर्ने सक्नेछन् । त्यसका लागि ‘नेपथ्य’ को आधिकारिक वेबसाइटमार्फत प्रवेश सुरक्षित गर्न सकिनेछ ।

वेब-साइटबाट दर्शकले १४ सय ९९ रुपैयाँ तिरेपछि आफ्नो साइज अनुसारका जर्सी रोज्न सक्नेछन् । विद्यार्थीका निम्ति केवल ९ सय ९९ रुपैयाँमा जर्सी प्राप्त हुने गरी सहुलियतसमेत उपलब्ध गराइएको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै

Lemon casino

  • १७ घण्टा अगाडि

Vivaro Казино

  • १८ घण्टा अगाडि

Winwinbet

  • १८ घण्टा अगाडि

strendus casino

  • १८ घण्टा अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved