स्वाती भाटको स्वर रहेको गीत ‘बेली चमेली’ सार्वजनिक गरिएको छ । गीतमा विनोद ढकालको ¥याप, निशाद चन्द्राको संगीत संयोजन र बलिउडका मिक्सिङ इन्जिनियर मनीभनन आनन्दनको मिक्सिङ–मास्टरिङ छ ।


मशकबिन स्टुडियोको ब्यानरमा नेपाल–भारत सहकार्यमा तयार गरिएको गीतलाई मशकबिन नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । भिडियोमा नायक पल शाह र भारतीय मोडल तथा नायिका श्वेता महराको प्रमुख भूमिकामा अभिनय छ । भिडियोमा राज टाइगर, विन्दु रसाइली, रेन्सिका खत्री र सुरक्षा तामाङको पनि अभिनय छ ।



कविराज गहतराजको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा पललाई एउटा फरक र रोचक शैलीमा प्रस्तुत गरिएको छ । जहाँ श्वेताले उनको हातमा हतकडी लगाएको दृश्यले दर्शकमा कुतूहलता जगाउँछ । सुरेश जोशी प्रस्तुतकर्ता रहेको गीतको भिडियोमा सुदीप बरालको छायांकन, बन्दे प्रसादको सम्पादन र रेनिस फागोको कलर छ ।










