Skip to content
Follow us:
Facebook
Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
Search
Close
Search
Close

‘कस्तुरी’मा निखिल उप्रेती र वर्षा सिवाकोटीले जोडी बाँध्ने

  • अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ महिना अगाडि

काठमाडौँ । निखिल उप्रेती र वर्षा सिवाकोटीलाई लिएर फिल्म ‘कस्तुरी’ बन्ने भएको छ । आइतबार यसको औपचारिक घोषण भएको छ ।

कर्पोरेट क्षेत्रमा टेन प्लास्ट इन्डस्ट्रीज प्रालिमार्फत विभिन्न उद्योग-व्यवसाय सञ्चालन गर्दै छुट्टै पहिचान बनाएका धीरज अग्रवालले यो फिल्मबाट मनोरञ्जन क्षेत्रमा पाइला चालेका छन् ।

निर्माताको रूपमा उनले टेन इन्टरटेनमेन्ट प्रालिको ब्यानरबाट ‘कस्तुरी’ निर्माण गर्न लागेका हुन् ।

ऋत बोहोराको कथा र निर्देशन रहने यो फिल्म सस्पेन्स थ्रिलर विधामा निर्माण हुन लागेको हो । उनका अनुसार यस फिल्ममा रहस्य, डर र उत्सुकता मिसिएको कथा प्रस्तुत गरिनेछ ।

फिल्मले मनोवैज्ञानिक तनाव, हत्या, अपहरण र षड्यन्त्रजस्ता विषय समेट्ने निर्देशक बोहोराको भनाई छ ।

निखिल र वर्षाले पहिलोपटक स्क्रिन सेयर गर्न लागेका हुन् । उनीहरूसँगै निशा अधिकारी, ब्रजेश खनाल, शेखर चापागाईं र निर्मल शर्मा पनि कलाकारको रुपमा छन् ।

फिल्मलाई ब्रजेश खनालले लेखेका हुन् । सह-निर्मातामा अञ्जली चौधरी छिन् । छायांकन आलोक शुक्लाले गर्नेछन् र प्रमुख सह–निर्देशन ललित बिष्टले गर्नेछन् ।

संगीत प्रशान्त शिवाकोटीले गर्नेछन् भने गीत लेखन युवराज काफ्लेको हुनेछ । निर्माण व्यवस्थापकमा दिलीप पन्त छन् ।

मंसिरदेखि काठमाडौं र आसपासका क्षेत्रमा छायांकन सुरु हुनेछ । डिजिटल मार्केटिङ र अन्तर्राष्ट्रिय बजार व्यवस्थापन पनि छिट्टै टुंगो लगाइने निर्माण पक्षले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै

Lemon casino

  • १७ घण्टा अगाडि

Vivaro Казино

  • १८ घण्टा अगाडि

Winwinbet

  • १८ घण्टा अगाडि

strendus casino

  • १८ घण्टा अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved