काठमाडौँ । दिव्या पात्रा र दुर्गा ढकाल सौन्दर्य प्रतियोगिता ‘मिस एन्ड मिसेज हेरिटेज इन्टरनेसनल नेपाल २०२५’ घोषित भएका छन् । ग्रिन आट्र्स मिडियाले बिहिबार साँझ आयोजना गरेको एक कार्यक्रममा दिब्या ‘मिस हेरिटेज इन्टरनेसनल नेपाल २०२५’ र दुर्गा ‘मिसेज हेरिटेज इन्टरनेसनल नेपाल २०२५’ घोषित भएका हुन् । दिव्या र दुर्गा दुवैले आगामी नोभेम्बरमा थाइल्यान्डमा आयोजना हुने ‘मिस एन्ड मिसेज हेरिटेज इन्टरनेसनल २०२५’ मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।


थाइल्यान्डमा आयोजना हुने ‘मिस एन्ड मिसेज हेरिटेज इन्टरनेसनल २०२५’ मा युनेस्कोको ऐतिहासिक र महŒवपूर्ण सम्पदा सूचीमा परेका विश्वका ४० देशका सुन्दरीको सहभागिता हुनेछ । प्रतियोगितामा सहभागीहरूले आ–आफ्नो मुलुकको सम्पदा र संस्कृतिको समेत प्रवद्र्धन गर्दै आएका छन् । प्रतियोगिताको आयोजक ई–प्लानेट नेपाल रहेको छ । विश्वका, कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण र शान्तिको उद्देश्यले ई–प्लानेट नेपालले प्रतियोगिता आयोजना गर्दै आएको छ ।



प्रतियोगिताकी राष्ट्रिय निर्देशक अनिला श्रेष्ठले प्रतियोगितामा दिव्या र दुर्गालाई व्यक्तित्व, सञ्चार कला, आत्मविश्वास, प्रतिभा, बौद्धिकता, क्षमता आदिको विकास, प्रभावकारिता र स्टेज प्रस्तुतिको प्रशिक्षणसहित सहभागी गराइने बताइन् । श्रेष्ठ प्रतियोगीको ग्रुमिङ कोरियोग्राफर तथा पेजेन्ट कोच पनि हुन् ।










