Skip to content
Follow us:
Facebook
Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
Search
Close
Search
Close

अस्ताए महाभारतका ‘कर्ण’

  • अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ महिना अगाडि

मुम्बई । बिआर चोपडाको ‘महाभारत’मा ‘कर्ण’को भूमिकामा अभिनय गरेर घरघरमा चिनिएका अभिनेता पंकज धीरको ६८ वर्षको उमेरमा निधन भएको छ । उनको निधन बुधबार बिहान ११ः३० बजे क्यान्सरका कारण भएको हो ।उनको निधनको पुष्टि अभिनेता अमित बहलले गरेका थिए । अमितको ३ दशक बढी समयदेखि पंकजसँग घनिष्ट सम्बन्ध छ । उनले पुरानो साथीको निधनमा दुःख व्यक्त गरेका छन् । ‘३ वर्ष पहिले पंकज बिरामी थिए । तर उनले पूर्णरूपमा आफूलाई रोगमुक्त बनाएका थिए । उनी पुनः काममा फर्किएका थिए ।

करिब ४ महिना अघि मात्र उनीसँग मेरो कुरा भएको थियो । उनी ठिक थिए । तर उनको निधन भयो भन्दा म छक्क परेको छु । उनले तौल पनि घटाएका थिए र कुनै सिरियल या अर्को प्रोजेक्टमा काम गरिरहेका थिए’, अमितले भने ।‘महाभारत’मा ‘अर्जुन’को भूमिका निर्वाह गरेका फिरोज खानले आफूले एउटा राम्रा साथी गुमाएको बताए । ‘उनी राम्रो मान्छे थिए । म अहिले शोकमा छु र मलाई के भन्नुपर्छ भन्ने पनि थाहा छैन । उनी साँच्चै अद्भुत व्यक्ति थिए’, उनले भने ।

पंकजको निधनको केही घण्टाअघि उनका अभिनेता छोरा निकितन धीरले सामाजिक सञ्जालमा एक पोस्ट गरेका थिए, जुन निकै चर्चामा छ । उनले भगवान् शिवको तस्बिर राख्दै ‘जो आउँदै छन्, उनलाई आउन दिनु, जुन रहन्छ, त्यसलाई रहन दिनु, जो जान्छ, जान दिनु र भगवान् शिवको भक्त हुनुको नाताले अगाडि बढ्नु(निकै गाह्रो हुन्छ यस्तो गर्न)’ लेखेका छन् । समाचारअनुसार उनलाई केही वर्षअघि क्यान्सर भएको थियो । उपचारबाट क्यान्सर मुक्त भए पनि पुनः बल्झिएपछि त्यही क्यान्सरले उनी अस्ताए । उनी केही समयदेखि अस्वस्थ थिए ।

‘महाभारत’मा ‘कृष्ण’को भूमिका निभाएका अभिनेता नितिश भारद्वाजले सामाजिक सञ्जालमा १ पोस्ट लेख्दै पंकजप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले पंकजसँगको तस्बिर राख्दै ‘एक न एक दिन हामी सबैले यो संसारबाट जानै पार्छ, तर त्योभन्दा पनि बढी आवश्यक यो हो कि हामी यस्तो जीवन बाँच्न सकौँ, हामीलाई प्रेम र सम्मानका साथ सबैले हेरुन । टिम महाभारतले एउटा अनमोल रत्न गुमाएको छ । एउटा यस्तो कलाकार, जो संवेदनशील, मजबुत व्यक्तिवाला, उत्कृष्ट हाँस्ने र सुनौलो हृदयका थिए । भारतीय साहित्यिक धरोहरको पहिलो ‘एंग्री यंग मेन’ अब हामीमाझ छैनन्’ भन्दै लेखेका छन् ।

एक अन्तरवार्तामा पंकजले आफूलाई ‘महाभारत’मा अर्जुन चरित्रका लागि छनोट गरिएको किस्सा सुनाएका थिए । कलाकार छनोट समितिका सदस्य मासुम रजा, भृंग तुपकरी र पण्डित नरेन्द्र शर्माले एकमतले उनलाई अर्जुन चरित्रका लागि ‘फिट’ भन्दै सिफारिस गरेका थिए । तर बिआर चोपडाले उनलाई बृहन्नला(अर्जुनको नपुंसक अवतार)को भूमिका निभाउनुपर्ने र त्यसका लागि उनले जुँगा हटाउनुपर्ने सर्त राखेका थिए ।

तर पंकजले त्यसलाई अस्वीकार गरे । उनले आफ्नो अनुहार जुँगाकै कारण सन्तुलित देखिने र जुँगा नहुँदा अनुहार फेरिने भनेर अडान लिए । बिआर दुःखी हुँदै उनलाई ‘के तपाईं साँच्चै कलाकार हो ? यति ठुलो भूमिका केबल जुँगाकै कारण छोडिरहनुभएको छ ? भन्दै उनलाई कार्यालय बाहिर जान भनेका थिए ।उनले ‘सनम बेवफा’, ‘बादशाह’ जस्ता फिल्म र ‘चन्द्रकान्ता’, ‘ससुराल सिमरका’ जस्ता टेलिफिल्ममा अभिनय गरेका थिए । उनी निर्देशक पनि थिए । उनी ‘माइ फादर गडफादर’को निर्देशन गरेका थिए । उनले ‘एक्टिङ एकेडेमी’ पनि स्थापना गरेका थिए ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै

gbets casino

  • ११ घण्टा अगाडि

frapapa olympus of luck

  • ११ घण्टा अगाडि

Easybet

  • ११ घण्टा अगाडि

volcano slot

  • ११ घण्टा अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved