Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

एसियन कप छनोट : मलेसियाविरुद्धको हार उल्ट्याउन नेपालले दियो फिफामा निवेदन

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ महिना अगाडि

काठमाडौं । एसियन कप छनोटका क्रममा मलेसियासँग हार व्यहोरेको नेपालले सो नतिजा उल्ट्याउन औपचारिक निवेदन दिएको छ । साउदी अरेबियामा सन् २०२७ मा हुने एसिएन कप छनोट प्रक्रियाअन्तर्गत २–० ले नेपाल पराजित भएको थियो ।

सो छनोट प्रतियोगितमा भाग लिने मलेसियन खेलाडी प्रतिबन्धित भएसँगै विश्व फुटवल नियामक संस्था ‘फिफा’ मा नेपालले निवेदन दिएको अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिए ।

गत महिना फिफाले मलेसियाको राष्ट्रिय फुटबल टोलीमा संलग्न सात जना विदेशी खेलाडीलाई एक वर्षका लागि प्रतिबन्ध लगाउँदै फुटबल संघ (एफएएम) लाई चार लाख ४० हजार अमेरिकी डलर जरिवाना गरेको अन्तराष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएको छ ।

यसरी प्रतिबन्धित खेलाडीमध्येका एक ‘हेक्टर हेभल’ले मलेसियाको ‘जोहोर’मा सम्पन्न छनोट खेलमा नेपालका विरुद्ध पहिलो गोल गरेका थिए ।

‘हामीले उक्त खेलमा अयोग्य खेलाडी खेलेको विषयमा फिफासँग सम्पर्क गरिसकेका छौँ, त्यसैले नतिजा उल्ट्याउनुपर्छ भन्ने हाम्रो माग हो, सोहीबमोजिम निवदेन दिएका हौँ’, एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले भने ।

मलेसियाको तर्फबाट खेलेका ती सात खेलाडीले आफ्ना मलेसियाली पुर्खाको दाबी गर्न नक्कली कागजात प्रयोग गरेको फिफाको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । फिफाका अनुसार तिनीहरूमध्ये कसैको पनि आमाबाबु वा हजुरबुबा मलेसियामा नजन्मेको एएफपीले जनाएको छ ।

यसैबीच मलेसियाको फुटबल संघले सो सम्बन्धमा जानाजानी कुनै पनि गलत काम नगरेको स्पष्ट गर्दै खेलाडीहरूको योग्यतासम्बन्धी निर्णय कानुनी प्रक्रिया अनुसार नै भएको भन्ने दाबी गरेको छ ।

प्रतिबन्धित ती सात खेलाडी गत जुनमा भियतनामविरुद्ध भएको खेलमा पनि सहभागी भएको र उक्त एसिएन कप छनोट खेलमा मलेसियाले ४–० को विजय हासिलसमेत गरेको एएफपीले जनाएको छ ।

हालसम्म चार खेल खेलिसकेको नेपाल कुनै पनि अंक प्राप्त गर्न नसकेर समूह ‘एफ’को अन्तिम स्थानमा रहेको छ । मलेसिया १२ अंकका साथ शीर्ष स्थानमा छ भने भियतनाम ९ अंकसहित दोस्रो र लाओस तीन अंक प्राप्त गरी तेस्रो स्थानमा रहन सफल भएको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • १८ घण्टा अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • १९ घण्टा अगाडि
buddha-air

निर्वाचनको दिन आन्तरिक र वाह्य दुर्व हवाई...

  • १९ घण्टा अगाडि
sunil-thapa

रहेनन् वरिष्ठ अभिनेता सुनिल थापा, ६८ वर्षको...

  • ३ हप्ता अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved