काठमाडौं । आन्दोलित निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले शिक्षा विधेयकका प्रावधानहरू निजी विद्यालयको हित विपरीत रहेको भन्दै शिक्षकहरुले आज विरोध कार्यक्रम गरेका छन् ।


उनीहरुले आज बिहान ११ बजेबाट देशभरका विद्यालयहरुका सवारीसाधन कालो ब्यानर टाँसी विद्यालय नजिकैका चोकमा उतारेका छन् । साथै प्रतिघण्टा २० किमीको गतिमा विस्तारै नगर परिक्रमा गर्ने बताएका छन् ।



काठमाडौं उपत्यकाभित्र सम्पूर्ण विद्यालयका सवारी साधनहरूले २७ किमि चक्रपथ वरिपरि कालो व्यानरसहित परिक्रमा गर्नेछन् । आज नै दिउँसो १२ः३० बजे माइतीघर मण्डलामा भेला भई संघीय संसद् घेराउ गर्ने कार्यक्रम रहेको प्याब्सनले जनाएको छ ।– तस्विरहरु नेपाल फोटो लाइब्रेरी










