Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

ब्राजिलका लागि नेपाली राजदूत काफ्लेले गरे ओहोदाको प्रमाणपत्र पेस

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ८ महिना अगाडि

काठमाडौं । ब्राजिलका लागि नेपालका राजदूत निर्मलराज काफ्लेले आज पेरुका राष्ट्रपति दिना एर्सिलिया बोलुआर्टे जेगारासमक्ष नेपालका गैरआवासीय राजदूतका रुपमा आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

लिमामा आयोजित एक विशेष समारोहमा ओहोदाको प्रमाणपत्र पेस गर्दै राजदूत काफ्लेले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट राष्ट्रपति जेगारालाई उनको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै पेरुका जनताको निरन्तर शान्ति र समृद्धिको कामना गरेको ब्रासिलियास्थित नेपालको राजदूतावासले जनाएको छ ।

त्यस अवसरमा राष्ट्रपति जेगाराले राजदूत काफ्लेको कार्यकालको सफलताका निम्ति शुभकामना व्यक्त गर्दै उनलाई आफ्नो सरकारका तर्फबाट पूर्ण सहयोग हुने बताइन् । समारोहमा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो ।

त्यसअघि राजदूत काफ्लेले परराष्ट्र मन्त्रालयका विभिन्न अधिकारीहरूलाई बेग्लाबेग्लै भेटेर द्विपक्षीय सम्बन्ध र सहयोगका विभिन्न पक्षहरूमा विचार आदानप्रदान गरेको उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

दुवै पक्षबीच दक्षिण–दक्षिण सहयोग, व्यापारिक प्रतिनिधिमण्डलको आदानप्रदान, आर्थिक साझेदारी, सांस्कृतिक एवं जनस्तरको सम्बन्ध प्रवर्द्धन, साझा हितका मामिलामा बहुपक्षीय संलग्नता, जलवायु परिवर्तनका प्रतिकूल प्रभावबाट दुवै मुलुकका समृद्ध जैविक विविधताको संरक्षण, दिगो पर्वतीय विकासका विषयबारे पेरुका अधिकारीहरुसँग राजदूत काफ्लेले विचारविमर्श गरेका थिए ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
2-mantri

गौरीकुमारी यादव उद्योग र रामजी यादव श्रममन्त्री...

  • ३ दिन अगाडि

नेपाली चलचित्रका लागि २०८२ : दर्शक, व्यापार...

  • ३ दिन अगाडि
ramchandra-paudel

आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका निर्णायक...

  • ३ दिन अगाडि
pahad-and-ramnam-satyals-fe-f-1775626040-1024x576

नयाँ वर्षमा ‘पहाड’ र ‘राम नाम सत्य’...

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved