Skip to content
Follow us:
Facebook
Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
Search
Close
Search
Close

खराब आचरण गरेको भन्दै बिमा प्राधिकरणका अध्यक्ष ओझा पदमुक्त, कम्तीमा ८ वटा विदेश भ्रमण स्वीकृत

  • अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ महिना अगाडि

काठमाडौँ । सरकारले शरद ओझालाई नेपाल बिमा प्राधिकरणका सञ्चालक समितिको अध्यक्षबाट पदमुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को भदौ २ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले छानबिन समितिको सिफारिसका आधारमा प्राधिकरणका अध्यक्षले खराब आचरण प्रदर्शन गरेको, कार्यक्षमताको अभाव रहेको र पदीय जिम्मेवारी पालना नगरेको देखिएकाले निजलाई सरकारले पदमुक्त गर्ने निर्णय गरेको जानकारी दिए ।

त्यस्तै, मन्त्रिपरिषद्ले कम्तीमा ८ वटा विदेश भ्रमण स्वीकृत गरेको छ । आगामी भदौ ३० देखि ३१ गतेसम्म थाइल्यान्डको बैंककमा आयोजना हुने ‘रिजिलियन्ट सप्लाइ चेइन्स, एन्ड इक्युटेवल ग्रोथ इन अ चेन्जिङ वल्र्ड अफ वर्क’ कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठलाई सहभागी हुन स्वीकृति दिएको छ ।

आगामी असोज ७ देखि ९ गतेसम्म इन्डोनेसियामा आयोजना हुने ‘एन्टी क्ररप्सन इनिसिएटीभ फर एसिया एन्ड द पेसिफीक–२०२५’ विषयक कार्यक्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई सहभागी हुन स्वीकृति दिइएको छ ।

सरकारले आगामी कात्तिक १० देखि १४ गतेसम्म अरब गणतन्त्र इजिप्टको शार्म अल शेखमा हुने सर्वोच्च लेखापरीक्षण संस्थाको अन्तरराष्ट्रिय सङ्गठनको २५ औँ अन्तरराष्ट्रिय महाधिवेशनमा सहभागिता जनाउन महालेखापरीक्षक तोयम राया नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिएको छ ।

सरकारले कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ३४ अर्ब ४९ करोड (करिब ३० अर्ब आठ करोड रूपैयाँ) सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने निर्णय गरेको छ ।

त्यस्तै अन्तरराष्ट्रिय मुद्रा कोषको सदस्य राष्ट्रहरूका फन्ड कोटामा ५० प्रतिशतले वृद्धि गरिने प्रस्तावको पक्षमा सहमति प्रदान गर्ने र कोटा वृद्धि गर्दा थप हुने करिब ७८.४५ मिलियन एसडिआरमध्ये सोको २५ प्रतिशत चालु आर्थिक वर्षको विनियोजित बजेटबाट र बाँकी ७५ प्रतिशत नेपाल राष्ट्र बैंकको नाममा प्रमिसरी नोट (अर्थपत्र) जारी गरी भुक्तानी गर्न सरकारले स्वीकृति दिएको छ ।

सरकारले लिज फाइनान्ससम्बन्धी विधेयक तर्जुमाको सिद्धान्त स्वीकृत गर्ने र समृद्धिका लागि वन परियोजनाको अनुदान तथा ऋण सम्झौताको संशोधन स्वीकृत गर्ने निर्णय गरेको छ ।

सरकारले मानव अधिकार पुरस्कार कोष सञ्चालन (पहिलो संशोधन) नियमावली, २०८२ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्ले प्रशासकीय अदालतको अध्यक्षमा डा टेकबहादुर घिमिरे (संखुवासभा) तथा सदस्यहरूमा अधिवक्ता नवलकिशोर यादव (पर्सा) र आलोक चन्द्र श्रेष्ठ (बागलुङ) लाई नियुक्त गरेको छ ।

यही भदौ २३ देखि २७ गतेसम्म युगान्डाको कम्पालामा आयोजना हुने ‘एसियन–अफ्रिकन लिगल कन्सल्टेटिभ अर्गनाइजेसन (एएएलसिओ)’ को ६३औंँ ‘एनुल सेसन’ मा सहभागिताका लागि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियालाई स्वीकृति दिइएको छ ।

मन्त्रिपरिषद् बैठकले खानेपानी मन्त्रालयअन्तर्गत खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोग र खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत सञ्चालन हुने विभिन्न आयोजनाको लागि अधिकृतस्तरका जम्मा ७६ अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

‘कमिटी अन द इलिमिनेशन अफ डिस्क्रीमिनेसन अगेस्ट वुमन (सिड) की सदस्य बन्दना राणालाई कूटनीतिक राहदानी जारी गर्ने सरकारको निर्णय रहेको मन्त्री गुरुङले जानकारी दिए ।

साथै, थाइल्यान्डको बैंककमा यही भदौ १७ र १८ गते आयोजना हुने विश्व वित्तीय संरचनासम्बन्धी एसिया सहयोग संवादको उच्चस्तरीय सम्मेलन र २० औंँ परराष्ट्र मन्त्रिस्तरीय बैठकमा भाग लिन परराष्ट्र मन्त्री डा. आरजु राणा देउवालाई स्वीकृति दिइएको छ ।

सरकारले नेपाली सेनातर्फ एकजना उपरथीको वैदेशिक भ्रमण स्वीकृत गरेको छ भने ६ जना सहायक रथी र सात जना महासेनानीको सरुवा गर्ने निर्णय गरेको छ । एकजना महासेनानीको सहायक रथीमा बढुवा गरिएको छ ।

बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८२ तर्जुमा गर्न सिद्धान्त स्वीकृत दिइएको छ । यही भदौ २५ देखि २८ गतेसम्म रुसको ‘सेन्ट–पेटर्सवर्ग’ मा आयोजना हुने ‘इलेभेन्थ सेन्ट पेटर्सवर्ग युनाइटेड कल्चर्स फोरम’ मा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई स्वीकृति दिइएको छ ।

त्यस्तै सरकारले धनकुटा नगरपालिकालाई मेक्सिकोको सिताकुआरो सहरसँग भगिनी सम्बन्ध स्थापना गर्न पूर्वस्वीकृति दिएको छ । आदिवासी जनजाति आयोगका सदस्य शरण राईलाई आदिवासी जनजाति महासङ्घ, हङकङले यही भदौ २२ गते हङकङमा आयोजना गर्ने ३१औँं विश्व आदिवासी दिवस कार्यक्रममा सहभागी हुन स्वीकृति प्रदान गरिएको छ ।

यही भदौ ३१ देखि असोज ७ गतेसम्म अमेरिकाको ब्रुमफिल्ड सहरसँग भगिनीसम्बन्ध स्थापना गर्ने कार्यक्रममा सहभागी हुन ललितपुर महानगरपालिकाका प्रशासन मन्त्रालय प्रमुख चिरीबाबु महर्जनलाई स्वीकृति दिइएको छ ।

त्यसैगरी सरकारले मालपोत (आठौँ संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने, स्ट्याण्डर्ड नाप र तौल (मोहरबन्द प्याकेज) (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने र राष्ट्रिय युवा नीति, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ ।

मन्त्री गुरुङका अनुसार सरकारले नेपाल सरकार र दक्षिण एसिया वन्यजन्तु कानुन कार्यान्वयन सञ्जालबीच हस्ताक्षर हुने ‘हेडक्वार्टर एग्रिमेन्ट बिटविन गर्भमेन्ट अफ नेपाल एन्ड साउथ वाइल्डलाइफ इन्फोर्समेन्ट नेटवर्क २०२५’ स्वीकृत गर्ने र मेलमिलापसम्बन्धी ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै

gbets casino

  • २ घण्टा अगाडि

frapapa olympus of luck

  • २ घण्टा अगाडि

Easybet

  • २ घण्टा अगाडि

volcano slot

  • २ घण्टा अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved