काठमाडौँ । आज २ देखि ९ भदौसम्म थाइल्यान्डमा हुने एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोट्र्स च्याम्पियनसिपमा २ जना नेपालीले भाग लिने भएका छन् ।प्रतियोगिताको पुरुषतर्फ ८५ केजी समूहमा ग्रेस महर्जन तथा महिला एथलेटिक्स फिजिकमा उर्मिला श्रेष्ठ सहभागी हुँदै छन् । ५ सदस्यीय खेलकुद पदाधिकारी २ सदस्यीय खेलाडीको व्यवस्थापनका निम्ति सोमबार बैंकक प्रस्थान गर्दै छ ।


राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले आइतबार यहाँ आयोजित एक कार्यक्रममा खेल पदाधिकारी र खेलाडीलाई सफलताको कामनाका साथ बिदाइ गरे ।












