कावासोती । कावासोतीको खरकट्टामा शुक्रवार बिहान तीब्र गतिमा रहेको बस अनियन्त्रित भएर दुर्घटना हुँदा १३ जना घाईते भएका छ्न ।


पूर्व पश्चिम राजमार्गमा डण्डा बाट नारायणगढ तर्फ जाँदै गरेको ना ४ ख ७७७६ नं. को बस अनियन्त्रित भएर बिच सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



दुर्घटनामा परेर १३ जना घाईते भएका छ्न । घाईतेहरुलाई भरतपुर र कावासोतीका अस्पतालमा पठाईएको प्रहरीले जनाएको छ । घाईतेहरुको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ ।

बिच सडकमै बस पल्टिएकाले अहिले सडक एकतर्फी सन्चालनमा रहेको छ। पछिल्लो समय नारायणघाट बुटवल सडकको नारायणघाट-डण्डा खण्ड कालोपत्र भए सँगै तीब्र गतिका कारण दुर्घटना हुने गरेका छ्न ।








