काठमाडौं । सुनको मूल्य आज मंगलबार तोलामा १ हजार ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ९८ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ कायम भएको हो ।


यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा २ हजार ३१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा २ हजार ३०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।












