काठमाडौँ । लेखक हिमाल गिरीको पुस्तक ‘शैव दर्शन, संस्कृति र दशनामी सन्न्यासी’ सार्वजनिक भएको छ । पुस्तक रक्षामन्त्री मानवीर राई र नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ प्राडा मधुसूदन गिरीले राजधानीमा सार्वजनिक गरे ।


नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकमा शैव दर्शन, संस्कृति र दशनामी सन्न्यासीका विभिन्न जानकारी समेटिएको छ । कार्यक्रममा यस्ता पुस्तकले दशनामी सन्न्यासीको पहिचान कायम राख्न मद्दत पुग्ने बताए ।



प्राज्ञ गिरीले पुस्तकले संसारभर छरिएर रहेका दशनामी सन्न्यासीलाई एउटै सूत्रमा बाँध्न मद्दत गर्ने बताए । ‘पुस्तकले नयाँ पिढीलाई आफ्नो धर्म संस्कृतिको विषयमा जान्न सहयोग गर्नेछ,’ उनले भने । कार्यक्रम नेपाल दशनामी समाज तथा कला, साहित्य, संस्कृति विभागका प्रमुख अर्जुन गिरीको सभापतित्वमा सम्पन्न भएको थियो ।









