Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

नवलपुरमा पाकिस्तानी मुस्लिम धर्मगुरुहरूको शंकास्पद गतिविधि

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ५ महिना अगाडि

एआईद्वारा तयार पारिएको सांकेतिक तस्बिर
दीपक भट्टराई
कावासोती । नवलपुर जिल्लामा पछिल्ला केही दिनयता पाकिस्तानी धर्मगुरूहरूको आवतजावत र धार्मिक गतिविधि बढ्दै जाँदा सुरक्षा निकायहरू सतर्क भएका छन्। करिब आठ जनाको टोली भिजिट भिसामा नेपाल प्रवेश गरी जिल्लाका विभिन्न मस्जिदहरूमा भ्रमण, धार्मिक छलफल र स्थानीय मुस्लिम समुदायसँग भेटघाट गरिरहेको छ।

सुरक्षा स्रोतका अनुसार सो टोली १८ साउनमा चितवन हुँदै नवलपुर प्रवेश गरेको हो। प्रवेशलगत्तै उनीहरू रजहरस्थित मस्जिद बसेका छन्। टोलीले आगामी दिनमा कावासोती, दुम्कीबास र बिनयी त्रिवेणीका मस्जिदसम्म पुग्ने कार्यक्रम बनाएको बताइएको छ। टोलीका सदस्यहरूमा साबिर उल्लाह खान, इस्रार खान, फालजन्द अली, मुहम्मद नसीम खान, हाशिम अली खान, सुल्तान अयाज खान, उमेर अली खान र इहसान उल्लाह खान रहेका छन्।

नवलपुरका प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान निकायहरूले टोलीको गतिविधि नजिकबाट निगरानी गरिरहेका छन्। जिल्ला सुरक्षा स्रोतका अनुसार हालसम्म कुनै आपराधिक प्रमाण भेटिएको छैन तर गतिविधि असामान्य देखिएकाले परिचय र आवागमनको औपचारिकता जाँच भइरहेको छ। सहायक प्रमुख जिल्ला अधिकारी माधब प्रसाद शर्माले टोली भिजिट भिसामा आएको पुष्टि गर्दै भने, “भिजिट भिसामा घुम्न पाइन्छ तर धार्मिक प्रचार वा अन्य कानुन विपरीतका गतिविधि भए नियन्त्रण गरिनेछ।”

नेपालको प्रचलित कानुनअनुसार भिजिट भिसामा नेपाल आएका विदेशीले कुनै पनि प्रकारको धार्मिक प्रचार, परिवर्तन वा सामूहिक धार्मिक गतिविधिमा संलग्न हुन पाउँदैनन् ।
नेपालको मुलुकी संहिताअनुसार धार्मिक प्रचारमार्फत समुदायको धार्मिक सद्भावमा असर पार्ने गतिविधिलाई दण्डनीय अपराध मानिन्छ । “कानुनी प्रावधान उल्लंघन भए तत्काल कारबाही हुन्छ, त्यसका लागि निगरानी र अनुसन्धान दुवै प्रक्रिया अघि बढाइएको छ।” सहायक प्रजिअ शर्माले भने ।

केन्द्रीय सुरक्षा स्रोतका अनुसार पाकिस्तानबाट आएका यस्तै अन्य टोलीहरू हालै सुनसरी, सिरहा र नेपालगन्जसम्म पुगेका छ्न । “हामी अनुसन्धान गरिरहेका छौं र यस्तागतिविधिहरूको राष्ट्रिय स्तरमा निगरानी बढाइएकाे छ,” सुरक्षा स्राेतले बतायो ।

पछिल्लाे चरणमा नेपाल–भारत सिमा नजिक विदेशी धर्मगुरूहरूको आवतजावत र मस्जिदहरूमा हुने धार्मिक छलफल तथा भेटघाटमा वृद्धि हुँदै आएको छ। नवलपुरमा पछिल्लाे पटक सिमा क्षेत्रमा विदेशी समूहहरूको बारम्बारको आगमनले सुरक्षा चिन्ता समेत बनाएकाे जिल्ला सुरक्षा स्राेतले बतायो । खुला सीमा र कमजोर निगरानी प्रणालीले विदेशी समूहहरूलाई सजिलो प्रवेश र आवागमनको वातावरण बनेको छ । कानुन कडा भए पनि कार्यान्वयनमा ढिलाइ र प्रमाण संकलनको कठिनाइले जोखिमलाई जटिल बनाएको छ।

नवलपुरमा देखिएका गतिविधिहरू अहिले आपराधिक प्रमाणमा नपुगे पनि असामान्य ठहरिएका छन्। कानुनी प्रावधान र सुरक्षा निकायको सक्रियतालाई हेर्दा आगामी दिनमा यस घटनाले राष्ट्रिय सुरक्षा नीति र भिजिट भिसासम्बन्धी निगरानी प्रणालीमा थप कडाइ गर्नु पर्ने देखिएकाे छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Aaryan-Sigdel-768x470

म्युजिकल फिल्म बानीको टिजर

  • ६ घण्टा अगाडि
Yoga0

आज विश्व ध्यान दिवस

  • ६ घण्टा अगाडि
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • २ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved