Skip to content
Follow us:
Facebook
Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
Search
Close
Search
Close

रवीन्द्र ढाँट बने बान्टमवेट च्याम्पियन

  • अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ महिना अगाडि

काठमाडौँ । भारतीय प्रतिस्पर्धीलाई हराउँदै नेपालका रवीन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफएन) बान्टमवेट च्याम्पियन बनेका छन् । शनिबार राति भारतमा भएको प्रतिस्पर्धामा रवीन्द्रले भारतका च्याम्पियन चुनरेङ कोरेनलाई पराजित गर्दै बान्टमवेट च्याम्पियन बनेका हुन् । रवीन्द्र एमएफएनको च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर हुन् ।

ढाँटले तेस्रो राउन्डमा कोरेनलाई पराजित गरेका थिए । शक्तिशाली रेस्लिङ र आक्रामक पावरका लागि परिचित कोरेन ५ पटकको विजेता हुन् । उनी ‘दि इन्डियन राइनो’ उपनामले परिचित छन् । ढाँट मिक्स मार्सल आट्र्स (एमएमए) मा आक्रामक फाइटिङ र रेस्लिङको नामले परिचित छन् । यो जितसँगै रवीन्द्रको प्रोफेसनल रेकर्ड ८–१ पुगेको छ । रवीन्द्र बझाङको बित्थडचिर गाउँपालिकाका हुन् ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत् रवीन्द्रलाई बधाई दिएका छन् । ‘भारतका चुनरेङ कोरेनलाई हराउँदै रवीन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफए १७) मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएको छ । पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्रलाई हार्दिक बधाई,’ प्रधानमन्त्रीले लेखेका छन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै

blackjack slot

  • १८ घण्टा अगाडि

Chicken road

  • १८ घण्टा अगाडि

momang casino

  • १८ घण्टा अगाडि

sun of egypt 2

  • १८ घण्टा अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved