Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

१ वर्षका बालकले कोब्रालाई टोकेर मारेपछि…

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ५ महिना अगाडि

बिहार । बिहारको पश्चिम चम्पारण जिल्लास्थित बेतियामा एक अनौठो घटना भएको छ । यहाँका १ वर्षका बालकले १ सर्पलाई टोकेर मारेका छन् । बच्चाका परिवारले उक्त सर्प विषालु कोब्रा रहेको बताएका छन् ।

गत बिहीबारको यो घटनापछि बच्चा स्थानीय मानिसको आकर्षकको केन्द्र बनेका छन् । सर्पलाई टोकेर मारे पनि बच्चा स्वस्थ छन् ।बेतियाको मझौलिया प्रखण्डमा मोहछी बनकटवा गाउँ छ । यो गाउँका सुनील शाह आइसक्रिम बेचेर परिवारको गुजारा गर्छन् । उनको १ वर्षको छोरा गाविन्द कुमारले नै सर्पलाई टोकेका थिए ।‘उसको आमा घर पछाडि दाउरालाई व्यवस्थापन गरिरहेकी थिइन् । त्यही बेला सर्प निस्कियो, जहाँ गोविन्द बसेर खेलिरहेका थिए । उसले सर्पलाई देख्यो र समातेर टोक्यो । उसले टोकेको सर्प कोब्रा थियो,’ गोविन्दकी हजुरआमा मतिसरी देवीले भनेकी छन्, ‘सर्पलाई टोकेपछि ऊ केही समयका लागि बेहोस भयो । लगत्तै हामीले उसलाई मझौलिया प्राथमिक स्वास्थ्य केन्द्रमा लिएर गयौँ । जहाँबाट उसलाई बेतिया अस्पताल(गभर्मेन्ट मेडिकल कलेज, जिएमसिएच) रेफर ग¥यो । अहिले बच्चा स्वस्थ छ ।’

मझौलियाका स्थानीय पत्रकार नेयाजले बच्चा शनिबार बेलुका घर आएपछि उसको चर्चा चलेको बताए । ‘श्रावण महिनामा सर्प निस्कनु सामान्य कुरा हो । तर यस किसिमको घटना हाम्रो इलाकामा पहिलोपटक भयो’, उनले भनेका छन् ।

के हो कारण ?

जिएमसिएचको शिशु रोग विभागका सहायक प्राध्यापक डा.कुमार सौरभ भन्छन्, ‘गोविन्दलाई यहाँ भर्ना गर्दा उसको मुख वरपर सुन्निएको थियो । परिवारले मलाई उसले सर्पको मुखमा टोकेर केही भाग खाएको बताए’, उनले भनेका छन्, ‘मसँग एकै समयमा २ किसिमका केस थिए । एउटा बच्चालाई कोब्राले टोकेको थियो र अर्को बच्चाले कोब्रालाई टोकेको थियो । यी दुवै बच्चा पूर्ण रूपमा स्वस्थ छन् ।’

डा. सौरभका अनुसार जब कोब्राले मानिसलाई टोक्छ, उसको विष हाम्रो रगतमा पुग्छ । रगतमा विष पुगेपछि न्युरोटक्सिसिटी हुन्छ । जसले गर्दा मानिसको स्नायु प्रणाली प्रभावित हुन्छ र मृत्युको आशंका बन्छ ।

‘स्नेक बाइट क्यापिटल’

विश्व स्वास्थ्य संगठनको आँकडाअनुसार हरेक वर्ष सर्पको टोकाइका कारण विश्वमा ८० हजारदेखि १ लाख ३० हजार मानिसको मृत्यु हुने गरेको छ । यसमा भारतमा औसतमा ५८ हजार मानिसको मृत्यु हुने गरेको छ । यसकारण भारतलाई विश्वकै ‘स्नेकबाइट क्यापिटल अफ द वल्र्ड’का रूपमा चिनिन्छ ।

बिहारको हेल्थ मेनेजमेन्ट इनफर्मेसन सिस्टम(एचएमआइएस) को तथ्यांकअनुसार अप्रिल २०२३ देखि मार्च २०२४ बीच राज्यमा ९३४ जनाको मृत्यु सर्पको टोकाइकै कारण भएको थियो । यो समयावधिमा सर्पकै टोकाइका कारण सरकारी अस्पतालहरूमा १७ हजार ८५९ जना मानिस उपचारका लागि आएका थिए ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Aaryan-Sigdel-768x470

म्युजिकल फिल्म बानीको टिजर

  • ९ घण्टा अगाडि
Yoga0

आज विश्व ध्यान दिवस

  • ९ घण्टा अगाडि
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • २ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved