Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

अधिकांश बैंकले घटाए ब्याजदर

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ७ महिना अगाडि

अधिकांश वाणिज्य बैंकहरुले नयाँ आर्थिक वर्ष २०८२/०८३ को पहिलो महिना साउनकै लागि निक्षेपको ब्याजदर घटाएका छन् । जेठ र असार महिनामा स्थिरजस्तै रहेको ब्याजदर नेपाल राष्ट्र बैंकको दबाबपछि घटाइएको हो ।

राष्ट्र बैंकले गत शुक्रबार आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक सार्वजनिक गर्दै ब्याजदर घटाउने नीति अवलम्बन गरेको थियो । राष्ट्रबैंकले मौद्रिक नीति मार्फत नीतिगत दरलाई ५ बाट ४.५ प्रतिशतमा झार्ने घोषणा गरेको थियो । त्यस्तै स्थायी तरलता सुविधा दर ६.५ बाट ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर ३ बाट २.७५ प्रतिशतमा झारेको थियो । यसले बैंकहरूलाई ब्याजदर घटाउनका लागि थप दबाब पुगेको हो । पछिल्लो दुई महिना निक्षेपको ब्याजदर स्थिर जस्तै रहेकोमा मौद्रिक नीतिपछि बैंकहरुले घटाएका हुन ।

असारको तुलनामा साउनका लागि १४ वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन भने ४ वटाले स्थिर राख्दा २ बैंकले भने बढाएका छन् । साउन महिनामा ४ बैंकहरुले असारकै ब्याजदरलाई निरन्तरता दिएका छन । माछापुच्छ्रे, ग्लोबल आइएमई, सिद्धार्थ र एनएमबि बैंकले व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा कुनै परिवर्तन गरेको छैन। हिमालयन बैंक र स्टान्डर्ड चार्टर्डले बैंकले बढाएका छन् । अन्य बाँकी बैंकहरुले घटाएका छन् ।

बैंकहरूले बुधबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार असारको तुलनामा साउनमा व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ०.२१५ प्रतिशत विन्दुले घटेको छ । असार महिनाका लागि व्यक्तिगत अधिकतम मुद्दतीको औसत ब्याजदर ५.९०२ प्रतिशत रहेकोमा साउन महिनाको लागि यो ५.६८७ मा कायम भएको छ ।

कृषि विकास बैंकले ५.४५ बाट ५.४०, एभरेष्टले ६.५५ बाट ६.२५, नेपाल बैंकले ५.४५ बाट ५.४०, लक्ष्मी सनराइजले ५.७५ बाट ५.५०, एनआईसी एसियाले ६.५५ बाट ६.२५, प्रभुले ६.१० बाट ४.२५, राष्ट्रिय वाणिज्य बैंकले ६.०० बाट ५.५०, नबिलले ५.७५ बाट ५.५० प्रतिशतमा झारेको छ ।

त्यस्तै प्राइम कमर्सियलले ६.२५ बाट ६.००, कुमारीले ५.७१ बाट ५.४१, सानिमाले ६.३३ बाट ६.१८, नेपाल एसबीआईले ५.५० बाट ५.३५, इन्भेष्टमेन्ट मेगाले ५.५० बाट ५.२५ र सिटिजन्सले ५.६५ बाट ५.५० प्रतिशतमा ब्याजदर घटाएको छ । यो मुद्धति निक्षेपको ब्याजदर हो ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
sunil-thapa

रहेनन् वरिष्ठ अभिनेता सुनिल थापा, ६८ वर्षको...

  • ४ दिन अगाडि
nirbachan (3)

प्रतिनिधिसभा निर्वाचनमा आयोगले ९ प्रकारका सामग्री पठाउने

  • ४ दिन अगाडि
nepali-cricket-mumbai

बलियो इंग्ल्यान्डविरुद्ध पहिलो खेल खेल्दै नेपाल

  • ४ दिन अगाडि
sena-1 (1)

नवलपुरमा ११ वटा निर्वाचन स्थललाई अति संवेदनशील

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved