Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

मनसुन सक्रिय हुन किन सकेन ? अब कहिले पर्छ पानी ?

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ७ महिना अगाडि

२७ जेठ, काठमाडौं । यस वर्ष सरदर मितिभन्दा १५ दिन अघि नै नेपालमा मनसुन भित्रिए पनि कोशी प्रदेशभन्दा पश्चिमतर्फ सर्न सकिरहेको छैन । मनसुन सक्रिय नहुँदा राम्रोसँग पानी पर्न सकिरहेको छैन । पानी नपर्दा देशभर गर्मी बढेको छ ।

मौसमविदहरुका अनुसार मनसुनी वायुले पश्चिमी वायुलाई विस्थापित गर्दै पूर्वी नेपालबाट सुदूरपश्चिमसम्मै फैलिनुपर्छ । तर, मनसुन भित्रिएको जेठ १६ गतेदेखि आज जेठ २७ गतेसम्म (१२ दिनको अवधिसम्म) पनि पश्चिमी वायु शक्तिशाली छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अझैसम्म पनि पश्चिम र मध्य नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । त्यसैले पश्चिमी वायु र स्थानीय वायुको प्रणाली विकसित भएर केही क्षेत्रमा पानी पर्नुबाहेक मनसुनी वायुको कारण पानी पर्न सकेको छैन । राम्रोसँग पानी नपर्दा काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा गर्मी बढेको छ ।

तर अब मनसुनी वायु कोशी प्रदेशभन्दा पश्चिमतिर अघि नबढ्दा चर्किएको घामबाट एक/दुई दिनमै राहत मिल्ने संकेत देखिएको मौसमविदले बताएका छन् ।

मनसुन किन निष्कृय ?

मनसुनी वायुका दुई वटा हाँगा हुन्छन् । एउटा अरब सागरबाट आउने र अर्को बंगालको खाडीबाट । नेपालमा बंगालको खाडीबाट मनसुनी वायु आउँछ ।

नेपालमा मनसुनी वायु भित्रिन बंगालको खाडीमा न्यूनचापीय प्रणाली (हावाको चाप कम भएको अवस्था) बन्नुपर्छ । त्यसपछि न्यूनचापीय प्रणाली बनेको स्थानतिर हावा खिचिन्छ र त्यो हावा उत्तर–उत्तरपश्चिम दिशातिर मोडिँदै नेपाल आउँछ ।

तर बंगालको खाडीबाट आउने मनसुनी वायु पूर्वी एसियाली मुलुकतर्फ बनेको न्यून चापीय क्षेत्रले खिचेपछि नेपालमा मनसुन सक्रिय हुन समय लागेको हो ।

‘न्यूनचापीय प्रणाली इस्ट एसियाको फिलिपिन्स, ताइवानतिर बनेकाले हावा त्यतैतिर खिचिएको थियो । त्यसैले बंगालको खाडीबाट नेपालतिर नमोडिएर मनसुनी वायु सिधै उतैतिर गएको थियो,’ नेपालमा मनसुनी वायु कमजोर हुनुको कारणबारे मौसमविद गोविन्द झाले भने ।

अब कहिले सक्रिय हुन्छ मनसुन ?

मौसमविदहरु अब मनसुन कहिलेखि सक्रिय हुन्छ भनेर एकिनका साथ भन्न सक्दैनन् । तर केही दिनपछि देशभर वर्षा हुने सम्भावना भने औंल्याएका छन् ।

पूर्वी एसियातिर मोडिएको प्रणालीको केही भाग नेपालतर्फ फर्किने सम्भावना देखिएको र पश्चिमी वायुको समेत प्रभावले पानी पर्ने सम्भावना रहेको मौसमविद गोविन्द झाले बताए । ‘बंगालको खाडीमा लो प्रेसर सिस्टम बनेको छ, मध्य भारतमा अर्को प्रणाली विकसित भएको छ र इस्ट एसियातिर गएको मनसुनी वायुको केही भाग नेपाल तिर पनि सोझिएको छ,’ मौसमविद झा भन्छन्, ‘पश्चिमी वायुको पनि प्रभाव भएकाले अबको केही दिन नेपालमा राम्रै वर्षा हुने सम्भावना देखिन्छ ।’

‘बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीले केही दिनमा पानी जलवाष्पयुक्त वायु भारततिर फ्याँक्न थाल्छ । अलि–अलि नेपालमा पनि आउछ,’ मौसमविद झाले भने, ‘भोलि–पर्सिदेखि नै प्रभाव देखिन थाल्छ ।’

त्यसको प्रभावले बादल लाग्ने र पानी पर्ने हुँदा गर्मीबाट राहत मिल्ने मौसमविद झाको भनाइ छ । त्यसको संकेत आजैदेखि देखिएको छ । आज बिहानैदेखि काठमाडौं उपत्यकासहितका केही भागमा बादल लागेको छ ।

साथै आज बिहानदेखि सुदूरपश्चिम प्रदेश लगायत लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा वर्षा गराउने प्रणाली विकसित भई दक्षिण–पूर्व दिशामा फैलिरहेको छ । सो क्षेत्रका थोेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । एक-दुई स्थानमा भारी वर्षा समेत भइरहेको छ ।

मौसमविद झा भन्छन्, ‘अबका केही दिन मनसुनी झरी जस्तो लगातार पानी नपरे पनि बेलाबेला पानी पर्ने सम्भावना छ ।’

जुनदेखि सेप्टेम्बर महिनासम्मको अवधिलाई मनसुनको अवधि मानिन्छ । सामान्यतया नेपालमा जुन १३ तारिखदेखि मनसुन सुरु भएर अक्टुबर २ तारिखमा बाहिरिन्छ । यो अवधिमा नेपालमा वर्षभरी हुने वर्षाको ८० प्रतिशतसम्म वर्षा हुने गर्दछ । यसले बाढी, पहिरो, डुबान र कटानले जनधनको क्षति हुने गरेको छ ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख र बाहिरिने मिति अक्टुबर २ तारिख भए पनि २०८१ सालमा जेठ २८ गते (१० जुन) र २०८० सालमा जेठ ३१ गते (१४ जुन) मा भित्रिएको थियो । केही वर्षयता भने सरदर मितिभन्दा अगाडि मनसुन भित्रिने र सरदर मितिभन्दा पछाडि मनसुन बाहिरिने गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा वर्षा र गर्मी दुवै सरदरभन्दा बढी हुने प्रक्षेपण गरेको छ । जलवायु परिवर्तनको असरले हिमालय क्षेत्र संकटमा परिरहेका बेला यस वर्षको मनसुन अवधिमा नेपालका हिमाली जिल्लाहरूमा समेत सरदरभन्दा बढी वर्षा र गर्मी हुने संकेत देखिनुलाई विज्ञहरूले चिन्ताजनक मानेका छन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Aaryan-Sigdel-768x470

म्युजिकल फिल्म बानीको टिजर

  • १ दिन अगाडि
Yoga0

आज विश्व ध्यान दिवस

  • १ दिन अगाडि
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • ३ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • ३ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved