Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

स्व. पत्रकार तिर्थराज भुसालको जन्मजयन्तीमा रक्तदान कार्यक्रम

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ७ महिना अगाडि

कावासोती । नवलपुर एफ.एम.का स्वर्गीय प्रबन्ध निर्देशक तथा पत्रकार तिर्थराज भुसालको ३८औं जन्मजयन्तीको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

“रक्तदान नै जीवनदान” भन्ने नारासहित आयोजित कार्यक्रममा युवाहरू, सामाजिक अभियन्ता तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा नवलपुर रक्त सञ्चार सेवा र नेपाल रेडक्रस सोसाइटी उपशाखा कावासोतीको प्राविधिक सहयोग थियो। साथै, नेपाल तरुण दल कावासोती नगर कार्यसमिति, नेपाल विद्यार्थी संघ कावासोती नगर कार्यसमिति, र मेडिकल ल्याबोरेटरी एशोसिएसन अफ नेपाल (मेलान) नवलपुर जिल्ला कार्यसमितिको सहकार्य रहेको थियो।

रक्तदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भबेश्वर पाण्डे, कावासोती–३ का वडा अध्यक्ष डोेरमान गिरी, र नेपाल रेडक्रस सोसाइटी कावासोतीकी सभापति अमृता सिग्देललगायतले स्व. भुसालको पत्रकारिता र सामाजिक सेवामा योगदानको चर्चा गरेका थिए।

कार्यक्रम नवलपुर एफ.एम. र पत्रकार तिर्थराज भुसाल स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा सम्पन्न भएको हो। आयोजक संस्थाका अनुसार, पत्रकार भुसालको स्मृतिमा हरेक वर्ष सामाजिक तथा सेवामूलक कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ। स्व. तिर्थराज भुसालको २०७४ सालमा समाचार संकलन गरेर फर्किने क्रममा दाउन्नेमा सवारी दुर्घटनामा निधन भएको थियो।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Aaryan-Sigdel-768x470

म्युजिकल फिल्म बानीको टिजर

  • १ दिन अगाडि
Yoga0

आज विश्व ध्यान दिवस

  • १ दिन अगाडि
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • ३ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • ३ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved