Skip to content
Follow us:
Facebook
Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
Search
Close
Search
Close

प्रधानमन्त्री ओलीबाट सुटमालाका सीईओ राज कार्की युवा व्यवसायी सम्मानबाट सम्मानित

  • अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ७ महिना अगाडि

युवा व्यवसायी राज कार्की प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्मानित भएका छन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा युवा व्यवसायी सम्मानबाट कार्की सम्मानित भएका हुन् । नेपालभरीका टेलरिङ क्षेत्रको प्रतिनिधीत्व गर्दै कार्कीलाई सम्मानित गरिएको हो ।

राज कार्की नेपाली सिलाई उद्योगमा संघर्षरत र प्रेरणादायी युवा उद्यमी हुन् । जसले परम्परागत दर्जी व्यवसायलाई आधुनिक ढंगबाट अगाडी बढाईरहेका छन् । उनले बिगत ७ वर्षदेखी सञ्चालन गरिरहेको बागबजारस्थित सुटमाला आधुनिक, वातावरणमैत्री र नविनतम सोच बोकेको ब्राण्ड हो ।


कार्कीले टेलरिङ क्षेत्रलाई केवल लुगा सिलाउने क्षेत्र मात्र नभई उद्यमशिलताको एक स्कुलका रुपमा स्थापित गर्न चाहन्छन् । उनको विचारमा दर्जी व्यवसायले नाफा मात्र नभई आत्मनिर्भरता, सिर्जनात्मकता र नेतृत्व क्षमता विकासको मान्यतालाई आगाडी सारेको छ ।

स्वदेशमा नै लगानी सुनिश्चित गरी उद्यमशिलताको प्रवद्र्धन गर्ने तथा मुलुकमा रोजगारी सिर्जनामार्फत स्वाधिन आत्मनिर्भर, उन्नतशील, समुन्नत र सम्बृद्धि अर्थतन्त्र निर्माणका लागि पु¥याएको अतुलनीय योगदानको उच्च मूल्यांकन गर्दै युवा व्यवसायी सम्मान प्रदान गरिएको हो ।

उक्त कार्यक्रममा कार्की लगायत अन्य दस जना विभिन्न क्षेत्रका व्यवसायीहरु सम्मानित भएका हुन् । स्वदेशमा लगानी, उद्यमशिलता प्रवद्र्धन र रोजगारी सिर्जनामा अतुलनीय योगदानको कदरस्वरुप उक्त सम्मान प्रदान गरिएको हो ।

राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय शिक्षा विभागले कार्यक्रमको आयोजना गरेको हो । विभागका प्रमुख कुवेर अधिकारीले स्वदेशमा रहेर लगानी तथा उद्यमशिलतामा सक्रि युवाहरुलाई थप उर्जा प्रदान गर्ने उद्देश्यले सम्मान गरिएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानित उद्यमीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरे । ‘मिहिनेत र लगनशिलताले मानिसलाई सफलता दिन्छ ।’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘काम र अनुभवले मानिसले नेतृत्वमा पु¥याउँछ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै

Lottostar slotteries

  • २ घण्टा अगाडि

1win

  • २ घण्टा अगाडि

https://in-becric.com

  • २ घण्टा अगाडि

vavada

  • २ घण्टा अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved