Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

जापानमा फिल्म फेस्टिभल

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ८ महिना अगाडि

काठमाडौँ । मे २५ मा इन्टरनेसनल फिल्म फेस्टिभल आयोजना हुने भएको छ । जापानमा नेपाली फिल्म वितरण गर्दै आएको युना इन्टरटेन्मेन्टले पहिलोपटक सो फेस्टिभलमा सहभागिता जनाउने लागेको छ । आयोजकले उक्त फेस्टिभलको लागि नेपालबाट नोमिनेसनमा परेका लिस्टहरूसमेत सार्वजनिक गरेको छ । ‘जिन्सेओ एरिगाटो इन्टरनेसनल फिल्म फेस्टिभल २०२५’ आयोजना गर्न लागेको हो ।

आयोजकले उक्त फेस्टिभलको लागि नेपालबाट नोमिनेसनमा परेको लिस्टहरूसमेत सार्वजनिक गरेको छ । फेस्टिभलमा एक्सन विधामा फिल्म ‘पिताम्बर’बाट ३ जना नोमिनेसनमा परेका छन् । यसै फिल्मबाट बेस्ट एक्टरमा सौगात मल्ल, ब्रेक थ्रु पर्फमेन्स अनुपविक्रम शाही र बेस्ट निर्देशक कृषा चौलागाई नोमिनेसनमा परेका छन् ।

त्यस्तै ड्रामा विधामार्फत फिल्म ‘तेल भिसा’बाट अभिनेता विपिन कार्की छनोट भएका छन् भने अभिनेत्री वर्षा राउत बेस्ट एक्ट्रेसमा नोमिनेसनमा परेकी छन् । ‘रंगी’बाट सलोन बस्नेत बेस्ट एक्टरमा नोमिनेसनमा परेका छन् यसै फिल्ममार्फत ड्रामा विधामा उत्कृष्ट फिल्मको नोमिनेसनमा परेको छ । फेस्टिभलमा विभिन्न देशका फिल्महरू समावेश हुनेछन् । आयोजक युवा इन्टरटेन्मेन्टले जापानमा नेपाली फिल्म वितरण गर्दै आएको छ ।

युना इन्टरटेन्टमेन्टका प्रमुख उज्ज्वल गुरागाईंले फेस्टिभलको बारेमा जानकारी दिँदै भने, ‘नेपाली फिल्मको बजारलाई अझ बिस्तार गर्नका लागि यो फेस्टिभलको आयोजना गरिएको हो । यसले नेपाली फिल्मलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन सघाउन पुर्याउने छ भन्नेमा विश्वास हाम्रो टिमले लिएको छ ।’

उनले थपे, ‘नेपाली फिल्मलाई जापानजस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा सम्मानका साथ पुर्याउन पाउनु हाम्रो गौरव हो । यो केवल सुरुआत हो । हामी नेपाली कथालाई विश्वव्यापी बनाउन अझै दृढ अडानका साथ अगाडि बढ्नेछौँ । नेपाली फिल्मप्रेमीहरूको साथ, विश्वास र मायाले नै आज हामी यो मुकामसम्म पुगेका हौँ ।’

उनको अनुसार यो फेस्टिभल नेपाली फिल्महरूको ऐतिहासिक सफलता हुनेछ । जापानमा नेपाली फिल्मलाई अधिकार लिएर प्रदर्शन तथा प्रचारप्रसारमा युना इन्टरटेन्मेन्ट र उज्ज्वल गुरागाईंको नेतृत्वले गर्दै आएको छ । यस फेस्टिभलको पुरस्कार वितरण समारोह २५ मे २०२५ मा जापानको मेनिकन कला र संस्कृति मेमोरियल फाउन्डेसन (मुख्य थिएटर आओइ), नागोयामा गरिने छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Aaryan-Sigdel-768x470

म्युजिकल फिल्म बानीको टिजर

  • १६ घण्टा अगाडि
Yoga0

आज विश्व ध्यान दिवस

  • १६ घण्टा अगाडि
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • ३ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • ३ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved