Skip to content
Follow us:
Facebook
Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
Search
Close
Search
Close

मनपरी शुल्क वृद्धि रोक्न निजि तथा संस्थागत विद्यालयलाई नेविसंघ नवलपुरको आग्रह, सुनुवाई नभए आन्दोलन गर्ने चेतावनी

  • अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ७ महिना अगाडि

कावासोती । नेपाल विद्यार्थी संघ नवलपुरले जिल्लाका निजि तथा संस्थागत विद्यालयहरुले मनपरी शुल्क वृद्धि गरेर शिक्षा क्षेत्रमा चरम व्यापारिकरण सुरु गरेको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

मंगलबार नेपाल विद्यार्थी संघ नवलपुरका अध्यक्ष हरि सुवेदी सहितको नेविसंघ नवलपुरको टोलीले प्याबसन नवलपुरका अध्यक्ष हरिहर अधिकारीलाई ज्ञापन पत्र बुझाउदैँ निजि तथा संस्थागत विद्यालयहरुले मनपरी शुल्क वृद्धि गरेर शिक्षा क्षेत्रमा चरम व्यापारिकरण सुरु गरेको प्रति गम्भिर ध्यानाकर्षण भएको बताउदै तत्काल शुल्क वृद्धिको काम रोक्न माग गरेको छ ।
नेविसंघ प्याबसन अध्यक्षलाई बुझाएको ज्ञापनमा शिक्षालाई मौलिक हकका रूपमा सुनिश्चित गर्नुपर्छ भन्ने संवैधानिक व्यवस्था हुँदाहुँदै पनि केजी निजी विद्यालयहरूले विद्यार्थीसँग अत्यधिक शुल्क असुली गर्दै शिक्षा क्षेत्रलाई व्यापारिक लाभको माध्यम बनाउने गलत अभ्यास गरिरहेका आरोप लगाएको छ ।

नेपाल सरकार, शिक्षा मन्त्रालय तथा स्थानीय तहहरूबाट शुल्क निर्धारण मापदण्ड २०७२ र निःशुल्क तथा अनिवार्य शिक्षा ऐन २०७५ अनुसार विद्यालयहरूले शुल्क पारदर्शी र नियमनमा आधारित निर्धारण गर्नुपर्ने प्रावधानहरू अवज्ञा गरेको देखिन्छा यसरी शुल्क बढाइ विद्याची र अभिभावकहरूलाई आर्थिक शोषण गर्नु पूर्णरूपमा अस्वीकार्य भएको नेविसंघले जनाएको छ ।

नेविसंघले ज्ञापन पत्र मार्फत निजि विद्यालयले मनपरी रुपमा गरिएको शुल्क तत्काल खारेज गर्नु पर्ने, प्रत्येक विद्यालयले न्यूनतम १०% विद्याचीलाई पूर्ण छात्रवृत्ति दिन सुनिश्चित गरिनु पर्ने, विद्यार्थीलाई अनावश्यक शुल्क, ड्रेस, पुस्तक आदि जबर्जस्ती बिक्री गर्न नपाईने, शिक्षा क्षेत्रलाई व्यावसायिक नाफाको साधन बनाउने प्रवृत्ति अन्त्य गरिनु पर्ने, शुल्क निर्धारणमा पारदर्शिता न्याई अभिभावक समिति तथा सम्बन्धित निकायको निगरानी अनिवार्य गरिनु पर्ने माग गरेको छ । मागहरू तत्काल पूरा नगरिए नेपाल विद्यार्थी संघले जिल्लाव्यापी विद्यार्थी आन्दोलनको घोषणा गर्ने तथा त्यसपछि आउने परिस्थितीको जिम्मेवारी प्याब्सन नवलपुर लिनुपर्ने नेविसंघले नवलपुरले जनाएको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Jhari-Pachhi-Ko-Indreni-Team

पाँडेले निर्देशन गरेको ‘झरीपछिको इन्द्रेणी’को ट्रेलर सार्वजनिक

  • ४ घण्टा अगाडि
man-pareko-kanchhu-768x591

श्रीमानलाई नचाउँदै शितल शर्माले ल्याइन् ‘मन परेको...

  • ४ घण्टा अगाडि
pokhararara-1024x425

५ पूर्वमन्त्रीसहित ५६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  • ४ घण्टा अगाडि

КРАКЕН МАРКЕТПЛЕЙС ДАРКНЕТ САЙТ ОНИОН

  • ३ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved