Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

म्यादी जीवन बीमा गर्दा यी ३ राइडर लिन अति जरुरी, नत्र पछुताउनुपर्ला !

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ८ महिना अगाडि

तपाईको परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्ने सबैभन्दा सस्तो र सजिलो तरिका भनेको म्यादी जीवन बीमा हो। यस्तो बीमालेखले थोरै बीमाशुल्कमै तपाई र तपाईको परिवारलाई निश्चित अवधिका लागि सुरक्षा प्रदान गर्दछ। बीमा अवधिमा बीमितको मृत्यु भयो भने परिवारलाई कम्पनीले निश्चित रकम दिनेछ।

म्यादी जीवन बीमा सबैका लागि अनिवार्य छ। किनकि यसले दैनिक खर्च व्यवस्थापन गर्नमात्र मद्दत गर्दैन, तपाईको अनुपस्थितिमा परिवारको जीवनशैली कायम राख्न पनि मद्दत गर्दछ। यदि पर्याप्त जोखिम बहन समावेश गरियो भने यसले श्रीमान वा श्रीमतीको भविष्यका लागि, बच्चाहरुको शिक्षा, विवाह र अवकाश कोषजस्ता महत्वपूर्ण आवश्यकता पनि सुनिश्चित गर्दछ।

Crest
सबैभन्दा पहिले म्यादी जीवन बीमामा कभरेज रकम तय

म्यादी जीवन बीमा खरिद गर्नुअघि तपाईको बीमाङ्क रकम कति हुनुपर्छ भनेर जान्न महत्वपूर्ण हुन्छ। यसका लागि एउटा सजिलो विधि आय चुक्ता विधि (इनकम रिपेमेन्ट मेथड) हो। यसको अर्थ तपाईको कभरेज रकम तपाईको वार्षिक आम्दानीको १० देखि १५ गुणा बीचमा हुनुपर्छ। यसअनुसार तपाईले आफ्नो बाँकी ऋण, पारिवारिक खर्च र महँगीलाई पनि ध्यानमा राख्नुपर्नेछ। तर, यो अंक बीमितको उमेर अनुसार परिवर्तन हुन सक्छ। यदि तपाई युवा हुनुहुन्छ र दीर्घकालीन कमाई गर्ने क्षमता छ भने तपाईको बीमाङ्क रकम बढी हुन सक्छ।

यसका साथै बढ्दो उमेरका कारण तपाईको कमाईको अवसरका कारण तपाईको बीमाङ्क घट्न सक्छ। जब तपाई म्यादी जीवन बीमा खरिद गर्नुहुन्छ तब दुर्घटना मृत्यु, अशक्तता वा क्यान्सर, मुटु रोग वा पक्षघात (स्ट्रोक) आदि गम्भीर रोगजस्ता केही अप्रत्याशित जोखिमका लागि तयार हुनु महत्वपूर्ण हुन्छ। यहाँ ‘राइडर’ अर्थात अतिरिक्त सुविधाको भूमिका महत्त्वपूर्ण हुन्छ। कुनै पनि बीमालेख(मूल बीमालेख)सँगै अतिरिक्त सुविधा वा थप जोखिम बहनका लागि समावेश गरिने करारलाई राइडर भनिन्छ। राइडर लागि मूल बीमालेखका लागि तिरेको भन्दा एकदमै थोरै थप बीमाशुल्क भुक्तानी गर्नुपर्छ, तर यसले अप्रत्याशित घटना भएको अवस्थामा तपाई वा तपाईको आश्रितलाई थप मद्दत प्रदान गर्न बीमाङ्क बढाउन सकिन्छ। राइडरले तपाईको बीमालाई अझ बलियो र व्यापक बनाउँछ। यदि तपाईले यी अतिरिक्त सुविधाहरू बीमालेखमा समावेश गर्नु भएन भने तपाईलाई पछुतो हुनसक्छ।

म्यादी जीवन बीमा खरिद गर्दा लिनैपर्ने ३ राइडरका बारेमा जानौँ

दुर्घटना मृत्यु र अशक्तता लाभ (एडीबी)

यो अतिरिक्त (एड–अन) सुविधाले दुर्घटनाका कारण असामयिक मृत्यु भएमा हुने आर्थिक क्षतिलाई मात्र बहन गर्दैन, दुर्घटनाका कारण हुने अशक्तताको अवस्थामा पनि बीमितलाई मद्दत गर्छ। दुर्घटनाका कारण हुने अपांगता (पूर्ण वा आंशिक)ले व्यक्तिको आम्दानीमा ठूलो प्रभाव पार्छ। यस्तो समयमा यो राइडरले आर्थिक सुरक्षा प्रदान गर्दछ र परिवारलाई मद्दत गर्दछ। एउटा कुरा ध्यान दिनुपर्ने के छ भने यो राइडरले आत्महत्या, आफैंले चोट पुर्‍याउने र मादक पदार्थका कारण मृत्युजस्ता परिस्थितिलाई कभर गर्दैन।

घातक रोग (क्रिटिकल इलनेस)

क्यान्सर, मुटु रोग वा स्ट्रोकजस्ता गम्भीर रोगको निदान हुँदा यो राइडर काम लाग्छ। बीमालेख अन्तर्गत समावेश गरिएका रोगहरूको पहिचान भएको अवस्थामा रोगको उपचारका लागि एकमुष्ठ रकम दिइन्छ। यो राइडर विशेषगरी ती व्यक्तिका लागि लाभदायक हुन्छ, जसको पारिवारिक इतिहास गम्भीर रोगको छ वा जो एक्लैले आफ्नो परिवारलाई सहयोग गरिरहेका छन्। गम्भीर रोगको उपचार धेरै महँगो हुन सक्छ र यो राइडरले परिवारको आर्थिक अवस्था सुरक्षित गर्न मद्दत गर्छ।

बीमाशुल्क छुट सुविधा (प्रिमियम वेभर)

यो राइडर तब लाभदायक साबित हुन्छ जब म्यादी जीवन बीमा लिने व्यक्तिले अशक्तता वा गम्भीर रोगका कारण बीमाशुल्क तिर्न असमर्थ हुन्छ। यदि कसैलाई स्थायी अपांगता भयो वा बीमालेखमा उल्लेख गरिएको गम्भीर रोग पत्ता लाग्यो भने यो राइडरको मद्दतले उनीहरुले बीमाशुल्क तिर्नुपर्दैन, तैपनि उनीहरुको बीमालेख जारी रहनेछ। यो राइडर विशेषगरी परिवारको जिम्मेवारी बोकेका वा उच्च जोखिमपूर्ण काम गर्नेहरुका लागि लाभदायक छ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
y_t4IhGjxkTQ

एमाले केन्द्रीय सदस्यमा इन्ट्री हुँदैछन् यी युवा...

  • १ दिन अगाडि
balen1

बालेनले ल्याए ‘आम नेपाली बुवा’, हेर्नूस ‘झरीपछिको...

  • १ दिन अगाडि
Mugu-1-1024x576

धुनी तापेर पढ्दै विद्यार्थी

  • १ दिन अगाडि
KP-Sharma-Oli-UML-Meeting-1024x682

एमाले केन्द्रीय कमिटी बैठक सुरु

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved