Skip to content
Follow us:
Facebook
Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
Search
Close
Search
Close

यु–१९ विश्वकप एसिया छनोट : हङकङलाई‌ ९ विकेटले हराउँदै नेपालको लगातार तेस्रो जित

  • अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ८ महिना अगाडि

काठमाडौं । घरेलु मैदान मुलपानीमा जारी आइसीसी यु–१९ विश्वकप एसिया छनोट क्रिकेटअन्तर्गत आज भएको खेलमा हङकङलाई‌ नेपालले ९ विकेटको फराकिलो अन्तरले हराएको छ । आजको जितसँगै नेपालको लगातार तेस्रो जित हो ।

तल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ११६ रन बनाउँदै अलआउट भएको थियो । हङकङले दिएको ११६ रनको सामान्य लक्ष्य नेपालले एक विकेट गुमाएर १३औँ ओभरमा पूरा गर्यो । नेपालका तीनै जना ब्याटरले आक्रामक ब्याटिङ गर्दै सहज जित पक्का गरेका थिए ।

ओपनर निरजकुमार यादव १२ बलमा २३ रन बनाएर आउट भए । अर्का ओपनर शाहील पटेल र निरजले सुरुवातमै आक्रमाक ब्याटिङ गरेका थिए । निरज छैटौँ ओभरमा आउट हुनुअघि ५४ रनको साझेदारी गरेका थिए । अर्का ओपनर साहिल पटेलले ४२ रनको योगदान दिए । उनले ८ चौका प्रहार गरे । कप्तान नरेन भट्ट २३ बलमा ३९ रन जोड्दै नटआउट रहे । उनले पनि ८ चौका प्रहार गरे ।

त्यसअघि टस जितेर बलिङ रोजेको नेपालका स्पिनरले उत्कृष्ट बलिङ गर्दा हङकङ सामान्य स्कोरमा सीमित पारेको थियो । हङकङले ४७औँ ओभरमा अलआउट हुनुअघि ११५ रन जोड्यो । कप्तान शिव माथुरले अर्धशतक बनाउनुबाहेक अन्य ब्याटरले ठूलो स्कोर बनाउन सकेनन् ।

नेपालका लागि खेलको पहिलो ओभर अभिषेक तिवारीले गर्नुबाहेक अन्य सबै ओभर स्पिनरले गरेका थिए । हङकङका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान शिवले ११६ बलमा ६३ रन जोडे । उनले ४ चौका र एक छक्का प्रहार गरेका थिए ।

शिवले दोस्रो विकेटका लागि आर्या पन्ज्वानीसँग ५० रनको साझेदारी गर्दै विकेट खस्न दिएका थिएनन् । दोस्रो ओभरमा विपिन शर्माले जुड लि थोमसलाई शून्यमा आउट गरेपछि शिव क्रिजमा आएका थिए । शिव ४२औँ ओभरमा युवराज खत्रीको बलमा छैटौँ विकेटको रुपमा आउट भएका थिए ।

हङकङका लागि आर्यले १३ रन जोड्दा ह्यारी थोमसले १० रनको योगदान दिए । वीर मथुर १२ रन जोड्दै विपिन शर्माको बलमा उनकै हातबाट क्याच आउट भए । युवराजले १० ओभरमा मात्र १८ रन खर्चेर ४ विकेट लिएका थिए । विपिन शर्माले ३, सन्तोष यादवले २ तथा अशोक धामीले एक सफलता प्राप्त गरे ।

अब नेपालले लिगको अन्तिम खेलमा शनिबार अफगानिस्तानसँग खेल्ने छ । अफगानिस्तानले सुरुवाती दुई खेलमा जित दर्ता गर्दै आज यूएईविरुद्ध ३६० रनको ठूलो लक्ष्य दिएको छ । उक्त खेल माथिल्लो मुलपानी क्रिकेट मैदानमा भइरहेको छ । यो सिरिजको अन्तिममा शीर्ष स्थानमा हुने टोलीले विश्वकपमा स्थान बनाउने छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै

blackjack slot

  • १९ घण्टा अगाडि

Chicken road

  • १९ घण्टा अगाडि

momang casino

  • १९ घण्टा अगाडि

sun of egypt 2

  • १९ घण्टा अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved