Skip to content
Follow us:
Facebook
Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
Search
Close
Search
Close

‘खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ हुँदै

  • अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ९ महिना अगाडि

खोटाङ । आगामी वैशाख दोस्रो साता खोटाङको दिक्तेल बजारमा ‘दोस्रो बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ सञ्चालन हुने भएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते संघ खोटाङको संयुक्त आयोजनामा वैशाख–१५ गतेदेखि २० गतेसम्म दिक्तेल बजारमा खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव सञ्चालन हुने भएको हो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ६ दिनसम्म सञ्चालन हुने महोत्सवमा ६३ वटा पदकका लागि एथलेटिक्ससहित खुल्ला ब्याडमिन्टन, खुला पुरूष बुद्धिचाल र साहित्यिक प्रतियोगिता आयोजना गरिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रूपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन, सन् २०५० भित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामै उत्पादन गर्नेलगायतका उद्देश्यसहित महोत्सवको आयोजना गरिएको नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिए ।

महोत्सवमा १० वर्षमुनिका छात्रछात्राका लागि एक माइल, १२ वर्षमुनिका छात्र–छात्राका लागि दुई किलोमिटर, ६० वर्षमाथि पुरूषको दुई किलोमिटर, आमाहरूको पाँच किलोमिटर, १२ वर्षदेखि १५ वर्षमुनिको छात्रछात्राका लागि सात किलोमिटर र ३५ वर्षमाथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीको दौड प्रतियोगिता हुनेछ । १५ वर्षमाथिका पुरूष महिला १० किलोमिटर र महिला–पुरूष २१ किलोमिटर हाफ म्याराथन प्रतियोगिता सञ्चालन हुने आयाजकले जनाएको छ ।

१० वर्षमुनिका छात्र–छात्रा एक माइल दौड प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुनेले रू तीन हजार, रू दुई हजार, रू एक हजार, १२ वर्षमुनिका छात्रछात्रा दुई किलोमिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले रू चार हजार, रू तीन हजार र रू एक हजार ५००, ६० वर्षमाथिका पुरूषको दुई किलोमिटर र आमाहरूको पाँच किलोमिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले रू पाँच हजार ५००, रू तीन हजार ५०० र रू दुई हजार ५०० का दरले पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

१२ वर्षदेखि १५ वर्षमुनिको छात्रछात्रा सात किलोमिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले रू ७ हजार ५००, रू ६ हजार ५०० र रू ५ हजार ५००, ३५ वर्षमाथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीको दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले नगद रू १५ हजार, रू १० हजार र रू ७ हजार पुरस्कार पाउनेछन् ।

१५ वर्षमाथिका पुरूष महिला दश किलोमिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले नगद रू १५ हजार, रू १० हजार, रू ७ हजार र महिला पुरूष २१ किलोमिटर हाफ म्याराथन प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, चौथो, पाँचौँ, छैटौँ र सातौँ हुनेले नगद रू ७७ हजार ७७७, रू ५५ हजार ५५५, रू २५ हजार ५५५, रू १५ हजार ५५५, रू ११ हजार १११, रू सात हजार ७७७ र रू पाँच हजार ५५५ पुरस्कार पाउने जनाइएको छ ।

खुल्ला पुरूष ब्याडमिन्टनअन्तर्गत १५ वर्षमुनिका सिंगलमा प्रथम, द्वितीय र तृतीय हुनेले रू ७ हजार ७७७, रू ६ हजार ६६६, रू ५ हजार ५५५, खुला सिंगलमा प्रथम, द्वितीय, तृतीय हुनेले रू १५ हजार ५५५, रू ११ हजार १११, रू पाँच हजार ५५५ प्राप्त गर्नेछन् । खुला डबलमा प्रथम, द्वितीय र तृतीय हुनेले रू २० हजार, रू १५ हजार, रू १० हजार तथा ४५ वर्षमाथिका डबल र खुला मिक्स ब्याडमिन्टनमा प्रथम, द्वितीय र तृतीय हुनेले रू ११ हजार १११, रू ७ हजार ७७७ र रू ५ हजार ५५५ का दरले पुरस्कार पाउनेछन् ।

खुल्ला बुद्धिचालमा प्रथम, द्वितीय र तृतीय हुनेले रू ४० हजार, रू २५ हजार, रू १५ हजारसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । जिल्ला समन्वय समिति खोटाङको सभाहलमा बुद्धिचाल तथा दिक्तेलस्थित माटिकोरे खेलमैदानको खोटाङ बहुउद्देश्यीय कभर्डहलमा ब्याटमिन्टन र साहित्य महोत्सव हुने जनाइएको छ ।

महोत्सवका लागि रू ३९ लाख ५५ हजार ८७ बजेट लाग्ने अनुमान गरिएको नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सुमन राईले जानकारी दिए । जिल्लाका १० वटै स्थानीय तह र शुभेच्छुकको आर्थिक सहयोगमा महोत्सव गर्ने तयारी गरिएको आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै

blackjack slot

  • १९ घण्टा अगाडि

Chicken road

  • १९ घण्टा अगाडि

momang casino

  • १९ घण्टा अगाडि

sun of egypt 2

  • १९ घण्टा अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved