Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

बीमा बोर्डको कार्यकारी निर्देशकमा काफ्ले

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ९ महिना अगाडि

विकास अर्थशास्त्री तनहुँका डा. रघुराज काफ्ले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्त भएका छन् । सिफारिस समितिको सुझावका आधारमा छनौटमा परेका तीन जनामध्ये डा. काफ्ले कार्यकारी निर्देशक नियुक्त भएका हुन् । समितिले आवेदन स्वीकृत भएका १० उम्मेदवारमध्ये गत फागुन १८ र १९ गते प्रस्तुतीकरण तथा अन्र्तवार्तापश्चात अन्तिम सूचीमा डा. काफ्लेसहित डा. कृष्णप्रसाद अधिकारी र कमल पन्थीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।

मन्त्री पौडेलले गठन गरेको बीमा सुझाव कार्यदलमा डा. काफ्ले सदस्य थिए । प्रतिवेदनको मस्यौदामा डा. काफ्लेले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । कार्यदलले स्वास्थ्य बीमा सुधारका लागि सुझावसहितको प्रतिवेदन मन्त्री पौडेललाई हस्तान्तरण गरेको थियो । अब व्यास नगरपालिकाका डा. काफ्लेले सोही प्रतिवेदन कार्यान्वयनको महत्वपूर्ण निकायको कार्यकारीको जिम्मेवारी प्राप्त गरेका हुन् ।

यसअघि डा. काफ्लेसँग गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष तथा वैदेशिक रोजगार बोर्डको कार्यकारी भएको अनुभव छ । बोर्डमा रहँदा डा. काफ्लेले श्रमिक र आश्रित परिवारको हितमा विभिन्न कल्याणकारी नयाँ कार्यक्रम शुरु गरेका थिए । राहत रकममा ४ सय प्रतिशत वृद्धि तथा बीमामा शत प्रतिशत वृद्धि गर्ने निर्णय उनको नेतृत्वमा भएको थियो । गम्भीर रोगका लागि श्रमिक बीमा कार्यक्रम उनले आरम्भ गरेका थिए ।

डा. काफ्ले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममा एक दशक बढी वरिष्ठ अधिकारीका रुपमा कार्यरत थिए । यसैगरी उनी विभिन्न विकास रणनीति निर्माणमा संलग्न रहँदै आएका छन् । अर्थशास्त्रमा विद्यावारिधी डा.काप्लेले लामो समय प्राध्यापनसमेत गरेका थिए ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
y_t4IhGjxkTQ

एमाले केन्द्रीय सदस्यमा इन्ट्री हुँदैछन् यी युवा...

  • १ दिन अगाडि
balen1

बालेनले ल्याए ‘आम नेपाली बुवा’, हेर्नूस ‘झरीपछिको...

  • १ दिन अगाडि
Mugu-1-1024x576

धुनी तापेर पढ्दै विद्यार्थी

  • १ दिन अगाडि
KP-Sharma-Oli-UML-Meeting-1024x682

एमाले केन्द्रीय कमिटी बैठक सुरु

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved