Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

खड्ग बहादुरलाई पहिलो स्थान

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • १ वर्ष अगाडि

काठमाडौँ । यस वर्षको प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिताअन्तर्गत ४२ किमी दुरीको दौडमा रणशेर गणका हुद्दा खड्गबहादुर खड्का प्रथम भएका छन् । सैनिक मुख्यालय परिसरस्थित खेल मैदानमा आयोजित समारोहमा रक्षामन्त्री मानवीर राईले उनलाई ३ लाखसहित ट्रफी र पदक प्रदान गरेका थिए ।

कुल ३०३ धावक सहभागी प्रतियोगितामा कुमारी दल गणका प्युठ राजन रोकाय दोस्रो तथा सशस्त्र प्रहरी बल नेपालका गोपीचन्द्र पार्कीले तेस्रो स्थान हासिल गरे । उनीहरूलाई क्रमशः २ लाख र १ लाख नगदसहित पदक र प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यस्तै २१ किलोमिटर दुरीको हाफ म्याराथन खुला पुरुषतर्फ देवी दल गणका प्युठ मुकेश पाल पहिलो, शेर गण दलका अमलदार गजिन्द्र राई दोस्रो तथा गणेश दल गणका अमलदार नरेन्द्र रावल तेस्रो भए । प्रधानसेनापति अशोकराज सिग्देलले कुल ८६३ धावक सम्मिलित सो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने धावकलाई ७५ हजार, ५० हजार र ३५ हजार रुपैयाँसहित प्रमणपत्र प्रदान गरेका थिए ।

महिलातर्फको २१ किमी दुरीको हाफ म्याराथन प्रतियोगितामा सन्तोषी श्रेष्ठ पहिलो, भगवती दल गणकी प्युठ पूर्णलक्ष्मी न्यौपाने दोस्रो तथा गरूढ दल गणकी प्युठ निर्मला केसीले तेस्रो स्थान हासिल गरेका छन् । पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले उनीहरूलाई ७५ हजार, ५० हजार र ३५ हजार रुपैयाँ प्रदान गरे । सामाजिक एकताको प्रतिकका रूपमा रहेको खेलकुद क्षेत्रको विकास तथा नागरिक सैनिक सम्बन्ध प्रगाढ तुल्याउने उद्देश्यले सेना दिवसका अवसरमा २०७२ सालदेखि यो प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • २२ घण्टा अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • २३ घण्टा अगाडि
buddha-air

निर्वाचनको दिन आन्तरिक र वाह्य दुर्व हवाई...

  • २३ घण्टा अगाडि
sunil-thapa

रहेनन् वरिष्ठ अभिनेता सुनिल थापा, ६८ वर्षको...

  • ३ हप्ता अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved