Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

ट्रम्पको चेतावनीपछि बन्धक रिहाइ थप जटिल, विपिनको रिहाइ पनि अनिश्चित

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • १ वर्ष अगाडि

काठमाडौँ । इजरायलले युद्धविराम सम्झौताको उल्लंघन गरेको भन्दै प्यालेस्टिनी विद्रोही समूह हमासले बन्धक रिहाइको क्रम पर सार्ने भएको छ । हमासको लडाकू दस्ताका प्रवक्तालाई उद्धृत गर्दै बिबिसीले जनाएअनुसार इजरायली बन्धकहरूको आगामी निर्धारित रिहाइ स्थगित भएको छ ।

इजरायल र हमासबीचको युद्धविराम सम्झौताअनुसार हमासको कब्जामा रहेका इजरायली नागरिक रिहाइका लागि पूर्वनिर्धारित सूची जारी हुन्छ भने विदेशी नागरिकका हकमा मध्यस्थकर्ता मुलुकहरूको पहलमा जतिबेला पनि रिहा गर्ने गरिएको छ ।

यसअघि बन्दी रिहाइका क्रममा हमासको कब्जामा रहेका अधिकांश विदेशी नागरिक छुटिसकेकाले यो शनिबार नेपाली नागरिक विपिन जोशी पनि रिहा हुन सक्ने अनुमान गरिएको थियो । तर, हमासको पछिल्लो निर्णयले यो सम्भावना पर धकेलिएको छ ।

युद्धविराम सम्झौतापछि हमासको कब्जामा रहेका १३८ जना बन्धक छुटिसकेका छन् । इजरायलका रक्षामन्त्री इजरेल कात्सले हमासको उक्त घोषणालाई युद्धविराम सम्झौताको ‘पूर्ण उल्लंघन’ बताएका छन् ।

ट्रम्पको चेतावनीले थप संशय

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारसम्ममा यदि सबै बन्धक मुक्त नगरिए युद्धविराम खारेज गरिनुपर्ने सुझाएका थिए । ‘मेरो विचारमा शनिबार १२ बजेसम्म उनीहरू फर्कनुपर्छ, सबैजना । किस्ता–किस्तामा गरेर होइन, १, २, ३ गरेर होइन,’ सोमबार ह्वाइट हाउसमा संवाददाताहरूसँग कुरा गर्दै उनले भने ।सबै बन्धकलाई तत्काल रिहा गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनीले नाजुक गाजा युद्धविरामसँग सम्बन्धित विषयहरूलाई थप जटिल बनाएको हमासका एक वरिष्ठ नेतालाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

‘ट्रम्पले सम्झनुपर्छ कि त्यहाँ एउटा सम्झौता छ, जसलाई दुवै पक्षले सम्मान गर्नुपर्छ र कैदीहरू (बन्धकहरू) फिर्ता गर्ने यो एक मात्र तरिका हो,’ सामी अबु जुहरीले भने, ‘धम्कीको भाषाको कुनै मूल्य छैन र यसले मामिलालाई थप जटिल बनाउँछ ।’ गत महिना ट्रम्पले गाजा कब्जा गर्ने र त्यहाँका २० लाखभन्दा बढी बासिन्दालाई हटाउने प्रस्ताव गरेपछि तनाव बढेको थियो ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • २१ घण्टा अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • २२ घण्टा अगाडि
buddha-air

निर्वाचनको दिन आन्तरिक र वाह्य दुर्व हवाई...

  • २२ घण्टा अगाडि
sunil-thapa

रहेनन् वरिष्ठ अभिनेता सुनिल थापा, ६८ वर्षको...

  • ३ हप्ता अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved