Skip to content
Follow us:
Facebook
Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
Search
Close
Search
Close

इजरायलले ध्वस्त पारेपछि गाजाको भग्नावशेष हटाउन पाँच वर्ष लाग्ने

  • अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ११ महिना अगाडि

रामल्लाह । युद्धविरामपछि गाजामा रहेको भग्नावशेष हटाउन पाँच वर्षसम्म लग्ने प्यालेष्टिनी अधिकारीले बताएका छन् । पर्याप्त रकम र उपकरण उपलब्ध भएमा इजरायलसँगको द्वन्द्वका क्रममा गाजामा रहेको भग्नावशेष हटाउन तीनदेखि पाँच वर्ष लाग्न सक्ने प्यालेस्टिनी सार्वजनिक संरचना निर्माण तथा आवास मन्त्री अहेद बिसिसोले बताएका हुन् ।

विस्फोटक पदार्थ पत्ता लगाउनका लागि स्रोत, कोष र विशेष उपकरणहरू सुरक्षित गर्न, र भग्नावशेष उठाउन, सामान छुट्टाउन र ढुवानी गर्न तीनदेखि पाँच वर्ष लाग्न सक्ने अनुमान गरिएको बिसिसोले प्यालेस्टिनी समाचार संस्था (वाफा) सँग बताएका हुन् ।

उनले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) लगायत विभिन्न संस्थासँग सडक खुलाउने र भग्नावशेष हटाउने प्रक्रियामा समन्वयका लागि आफ्नो मन्त्रालयले काम गरिरहेको बताए ।

अर्को चरणमा विद्यालय, अस्पताल र मस्जिदसहित १५० वटा सार्वजनिक भवनको भग्नावशेष हटाउने र सडक पुनः सञ्चालन गर्ने विषयमा केन्द्रित हुने बिसिसोले बताए ।

‘पेश गरेको दुई करोड ५० लाख क्षतिको स्थानीय बासिन्दाले पेश गरेको प्रतिवेदनमा आधारित विस्तृत अध्ययन पूरा भएको छ,’ बिसिसोले भने । वेस्ट बैंक र गाजा दुवैको स्थितिलाई सम्बोधन गर्न एउटा कार्य दल स्थापना गरिएको छ ।

बिसिसोले भने, ‘प्रारम्भिक जानकारी अनुसार इजरायली आक्रमणका कारण लगभग चार लाख आवासीय एकाइहरू पूर्ण वा आंशिक रूपमा नष्ट भएका छन्, दाताहरूको समन्वयमा दुई लाख नयाँ एकाईहरूको निर्माण गरिनुपर्ने आवश्यकता देखिएको छ ।’

आंशिक रुपमा क्षति भएका घरहरूको मर्मत सम्भार गर्न र घरहरू पूर्ण रुपमा ध्वस्त भएकाहरूलाई अस्थायी आवास उपलब्ध गराउन साझेदारहरूसँग मिलेर काम गर्ने मन्त्रालयको योजना छ ।

उनका अनुसार आफन्तसँग बस्ने परिवारले आर्थिक क्षतिपूर्ति पाउनेछन् । संयुक्त राष्ट्रसंघको अनुमान अनुसार २० लाखभन्दा बढी जनसंख्या रहेको गाजामा पाँच करोड टनभन्दा बढी भग्नावशेष हटाउन आवश्यक छ भने यसका लागि करिब एक अर्ब २० करोड अमेरिकी डलर को लागत लाग्नेछ ।

गाजास्थित प्यालेष्टिनी सरकारी सञ्चारमाध्यम वाफाको कार्यालयले युद्धविरामपछिको आफ्नो पहिलो मूल्यांकनमा गाजा पट्टीको ८८ प्रतिशत क्षेत्रमा क्षति पुगेको र प्रारम्भिक क्षति ३८ अर्ब डलरभन्दा बढी भएको अनुमान गरेको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै

gbets casino

  • १२ घण्टा अगाडि

frapapa olympus of luck

  • १२ घण्टा अगाडि

Easybet

  • १२ घण्टा अगाडि

volcano slot

  • १२ घण्टा अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved