Skip to content
Follow us:
Facebook
Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
Search
Close
Search
Close

‘ह्रस्व दीर्घ’को ओटीटी र स्याटेलाइट राइट्स जी नेटवर्कले किन्यो

  • अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • १ वर्ष अगाडि

काठमाडौँ । नेपाली चलचित्र ह्रस्व दीर्घको ओटीटी र स्याटेलाइट राइट्स बिक्री भएको छ । नेपालमा गएको कात्तिक ३० गतेबाट प्रदर्शन भएको यो चलचित्रको भारतीय कम्पनी जी नेटवर्कले ओटीटी र स्याटेलाइट (टिभी)को सर्वाधिकार खरिद गरेको हो ।
बुधबार फिल्मकी निर्मात्री तथा अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारीसँग जी नेटवर्कका अधिकारीले दुईवटा राइट्सको खरिद सम्झौता गरेका हुन् । यसको जानकारी नीता र हरिहरले फेसबुकमार्फत् गराएका छन् । चलचित्रको जापान प्रदर्शन सकाएर सिधै भारत पुगेका हरिहर र नीता बुधबार सम्झौताका लागि मुम्बईस्थित जी नेटवर्कको मुख्यालय पुगेका थिए । उनीहरुको साथमा ‘ह्रस्व दीर्घ’का छायाँकार कवीरलाल पनि थिए, जो बलिउडका प्रख्यात छायाँकार हुन् । जी नेटवर्कमा फिल्मको ओटीटी र स्याटेलाइट राइट्स बिक्री गराउन कवीरलालको पनि ठूलो भूमिका रहेको बुझिएको छ ।

जी नेटवर्कले फिल्मको दुईवटा राइट्स कति मूल्यमा खरिद गरेको हो भन्ने खुलाइएको छैन । तर, उक्त रकम ठूलो रहेको स्रोत बताउँछ । जी नेटवर्क भारतको ठूलो मिडिया समूह हो । विश्वभर ४५ बढी टिभी च्यानल सञ्चालन गरिरहेको यो कम्पनीको ओटीटी प्लाटफर्म भने ‘जी फाइभ’ हो । यसले बलिउड र साउथ फिल्मको ओटीटी तथा स्याटेलाइट राइट्स खरिद गर्दै आइरहेको छ ।

यो कम्पनीले फिल्मको राइट्स खरिद गर्नुमा दक्षिण भारत ९साउथ०का चर्चित कलाकारहरुको अभिनय मुख्य कारण मानिएको छ । यसमा ब्रह्मानन्दम, अली, सुनिल बर्मा, प्रदीप रावत र कबीर दुहन सिंहको अभिनय छ । चन्द्र पन्तको निर्देशन रहेको चलचित्रमा नेपाली कलाकारहरु नीता र हरिहरसहित विपना थापा, रेखा थापा, सञ्चिता लुइँटेल, किरण केसी लगायतले अभिनय गरेका छन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
y_t4IhGjxkTQ

एमाले केन्द्रीय सदस्यमा इन्ट्री हुँदैछन् यी युवा...

  • ३ घण्टा अगाडि
balen1

बालेनले ल्याए ‘आम नेपाली बुवा’, हेर्नूस ‘झरीपछिको...

  • ३ घण्टा अगाडि
Mugu-1-1024x576

धुनी तापेर पढ्दै विद्यार्थी

  • ३ घण्टा अगाडि

yesplay register

  • ९ घण्टा अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved