Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

च्याङ्ग्रा खर्कमा हुर्किएकाले स्वस्थ छन्, मासु खान समस्या छैन : पशु चिकित्सक

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • १ वर्ष अगाडि

पोखरामा यस वर्ष दशैंमा १९ हजार हाराहारीमा भेडा, च्याङ्ग्रा र खसी बोका बिक्रीका लागि ल्याइएको छ । पोखरामा वर्षौँदेखि नेपालकै हिमाली क्षेत्र र चीनको तिब्बतबाटसमेत च्याङ्ग्रा तथा भेडा ल्याउने गरिएको छ । यसबाहेक दशैंमा खसी बोकाकोसमेत राम्रो बिक्री वितरण हुने गर्दछ ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कास्कीका अनुसार दशैंमा १५ हजारको संख्यामा भेडा, च्याङ्ग्रा र खसी बोका चार हजार हाराहारीमा बिक्री गर्न ल्याइएको हो । यस वर्ष गत वर्षभन्दा तीन हजार बढी भेडा, च्याङ्ग्रा ल्याइँदै छ । गत वर्ष आठ हजार पाँच सय खसी बोका ल्याइकामा यस वर्ष घटेको छ ।

‘हामीले लिएको तथ्यांक अनुसार यस वर्ष १९ हजारको हाराहारीमा पोखरामा खसी बोका र भेडाच्यांग्रा पोखरामा बिक्रीका लागि ल्याइएको छ । मुस्ताङ र म्याग्दीस्थ्ति भेटेरिनरी अस्पतालमा कति बाहिरिए भन्ने तथ्यांक र बजारमा व्यापारीसँग जानकारी लिएका छौँ,’ भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डेले भने ।

पोखरामा मुख्य गरी मुस्ताङ, डोल्पा, रोल्पाबाट भेडा, च्याङ्ग्राको आयात हुने गर्दछ । त्यसबाहेक सुदूरपश्चिमका बझाङ, मुगु, बाजुरालगायत क्षेत्रबाट यहाँ बिक्रीका लागि ल्याउने गरिएको छ ।

पोखरा खसी बोका व्यवसायी समितिका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले यस वर्ष खसी बोकाको बिक्री घटेको बताए । माग कम भएपछि आफूहरूले आयातसमेत घटाएको उनले बताए । ‘अघिल्ला वर्षमा हामीले आठ/नौ हजार जति खसी बोका ल्याउने गरेका थियौँ । तर अहिले माग छैन। पहिलाको भन्दा आधा मात्र ल्याएका छौँ ।’

पोखरामा तनहुँ, गोरखा, पाल्पा, अर्घाखाँची र नवलपरासीबाट मुख्य गरी खसी बोका आयात हुने गर्दछ । केही व्यापारीले दाङ र सुर्खेतबाट ल्याउने गरेका छन् । दशैंतिहारका लागि भनेर पोखरामा बिक्रीका लागि ल्याइएका भेडाच्यांग्राको अनुगमन तथा स्वास्थ्य परीक्षणसमेत गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र पोखरा महानगर पशुसेवा शाखाले संयुक्त रूपमा अनुगमन तथा भेडा, च्याङ्ग्राको स्वास्थ्य जाँच गरेका हुन् ।

पोखरा महानगरपालिका-१ सिमपानी तथा जौवारीमा पशु चिकित्सकसहितको प्राविधिक टोलीले नमुनाका रूपमा च्याङ्ग्राको परीक्षण गरेको हो । परीक्षण गरिएको भेडा र च्याङ्ग्रा खानका लागि स्वस्थ र योग्य पाइएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख पाण्डेले बताए ।

‘सुरुआतमै रोग लागे नलागेको स्वास्थ्य परीक्षण गरेर मात्र बिक्रीका लागि आउने ल्याउने गरिएको छ । मुस्ताङ र म्याग्दीमा परीक्षण गरेर पोखरा ल्याइन्। बाटोमा सामान्य चोटपटक लागेको हुन सक्छन् । अन्य समस्या देखिएको छैन,’ उनले भने ।

पोखरा महानगर पशु शाखाका प्रमुख डा. अषेशराज विकले पोखरामा ल्याइने गरेका भेडा, च्याङ्ग्रा स्वस्थ रहेकाले निर्धक्क भएर उपयोग गर्न सकिने बताए ।

अनुगमनका क्रममा स्वास्थ्य परीक्षण गर्दा एकाधमा चोटपटक लागेको देखिएको बाँके अन्य सङ्क्रामक रोग देखिएको छैन । ‘पोखरामा ल्याइएका भेडा, च्याङ्ग्रा स्वस्थ रहेका छन् । खर्कमा हुर्किएकाले समस्या देखिएको छैन,’ पशु चिकित्सक विकले भने ।

नेपाल पशु स्वास्थ्य ऐनले गरेको व्यवस्थाअनुसार पशु ढुवानीअघि दर्तावाल पशु चिकित्सकले जाँच गरेर स्वस्थ रहेको प्रमाणित गरेपछि मात्र ढुवानी गर्न पाइन्छ ।

‘जहाँबाट हिँडाइन्छ त्यहीँ नै स्वास्थ्य परीक्षण गरेर रोगी छ भने त्यहीँ रोकिन्छ,’ पाण्डेले भने ।

दशैंको समयमा हिमाली क्षेत्रबाट ल्याइएको च्याङ्ग्राको मासु लोकप्रिय मानिन्छ । चिसो हावापानीमा हुर्किएका र जडीबुटीसमेत खाएका कारण मासु स्वादिष्ट र स्वास्थ्यवर्दकसमेत रहेकाले रोजाइमा पर्ने गरेको छ । -रासस

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • २ दिन अगाडि
rekha_thapa-1

३ पूर्वमिस नेपाललाई लिएर रेखाले थालिन् ‘माया...

  • २ दिन अगाडि
rajeshpayal_balen

बालेनलाई राजेशपायलले दिए गीत उपहार : झिक्कै...

  • २ दिन अगाडि
balen-saha55555

बालेन साहले बुझाए निर्वाचनमा भएको आफ्नो १४...

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved