

गगन कुमार न्याैपाने



कावासाेती । पर्बत कावासोती समाज नवलपुर द्वारा आयोजना भएको नेपालिहरुको महान चाड दशै, तिहार , छठ पर्बको पावन अबसरमा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न भएकाे छ।

पर्बत कावासोती समाजको भाबी योजनाहरुकाे बारेमा छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सम्पुर्णलाई दशैको शुभकामनाको साथमा कावासोती समाजका शैक्षिक ब्यक्त्तित्व झपेन्द्र भुषाल , सस्थापक अध्यक्ष गगन कुमार न्यौपाने लगायत का बक्ताहरूले पर्बत कावासोती समाजको लागि एम्बुलेन्स खरिद प्रक्रिया , सहकारी स्थापना , तालिम हरु सन्चालनका लागि स्थानीय तह देखि प्रदेश हुँदै संघ तथा भारतिय दूतावास सम्मको लागि आफू अग्रपंक्तिमा रहेर पहल गर्ने जानकारी गराए ।
मित्रलाल न्याैपानेकाे अध्यक्षतामा सँचालन गरीएकाे कार्यक्रम लाई सँस्थाकाे सचिब गङ्गा गुरुङ्ले सहजीकरण गरेका थिए ।








