Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

१३० मेगावाट विद्युत् उत्पादन बन्द

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

काठमाडौँ । बाढी तथा पहिरोका कारण कुल १३० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । शुक्रबार र शनिबारको बाढी तथा पहिरोले केही जलविद्युत्  आयोजनामा पूर्ण तथा केहीमा आंशिक क्षति पुर्‍याएको छ ।

२२ मेगावाटको माण्डू खोला जलविद्युत् आयोजनाको पावरहाउस पूरै डुबेको छ । यसैगरी २२.१ मेगावाटको तल्लो हेवाखोला जलविद्युत् आयोजनाको पावरहाउस पनि डुबेको छ । ८.५ मेगावाटको माथिल्लो हेवा खोला र १४.९ मेगावाटको हेवा खोला ‘ए’ परियोजना पनि क्षति पुगेको छ ।

समग्रमा १३० मेगावाट जलविद्युत् उत्पादन बन्द भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल, इप्पानका महासचिव बलराम खतिवडाले जानकारी गराए । स्थलगत अध्ययनपछि कहिले सञ्चालनमा ल्याउने भन्ने थाहा हुने उनको भनाइ छ ।

शनिबार ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवक्र्स) मा पनि क्षति पुगेको थियो । बाढी पहिरोले विद्युत् उत्पादन र प्रसारण लाइनमा समेत क्षति पुर्‍याएपछि देशका विभिन्न स्थानमा विद्युत् आपूर्ति प्रभावित भएको छ ।

काठमाडौंलाई विद्युत् आपूर्ति गर्ने मुख्य प्रसारण लाइन खिम्ती –लामासाँघु प्रसारण लाइनको ७ नं टावर बग्दा आपूर्ति बन्द गरिएको छ । यो १३२ केभीको प्रसारण लाइन हो । ढल्केबर –पथलैया प्रसारण लाइन पनि अवरुद्ध छ । यसले गर्दा ढल्केबर पश्चिममा बिजुली आपूर्ति प्रभावित भएको छ । आपूर्ति प्रणालीमा समस्या भएपछि शनिबार साँझ ३०० मेगावाट विद्युत् भारतबाट ल्याइएको थियो ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
2-mantri

गौरीकुमारी यादव उद्योग र रामजी यादव श्रममन्त्री...

  • १४ घण्टा अगाडि

नेपाली चलचित्रका लागि २०८२ : दर्शक, व्यापार...

  • १४ घण्टा अगाडि
ramchandra-paudel

आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका निर्णायक...

  • १५ घण्टा अगाडि
pahad-and-ramnam-satyals-fe-f-1775626040-1024x576

नयाँ वर्षमा ‘पहाड’ र ‘राम नाम सत्य’...

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved