Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

नवलपुरमा नारायणी तटीय क्षेत्रका सयौं घर डुबानमा

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • १ वर्ष अगाडि

कावासोती । लगातारको वर्षापछि नारायणी नदी बस्तीमा छिर्दा तटीय क्षेत्र डुवानमा परेको छ । नदीबाट यहाँका सयौं घर डुवानमा परेका छन् । मध्यविन्दु नगरपालिका वडा २ मा तीन सयभन्दा बढी घर डुबानमा परेको र थप बस्ती जोखिममा रहेको वडाध्यक्ष रामभक्त अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सितापुर, नन्दपुर, भुताहा, धजाहका तीन सयभन्दा बढी घर डुवानमा परेका छन् । यहाँ ७० जनालाई उद्दार गरेर सुरक्षित स्थानतर्फ सारिएको र उद्दार कार्य चलिरहेको प्रहरी चौकी कोल्हुवाले जनाएको छ ।

यस्तै, वर्षा रातिसम्म हुने हो भने यहाँको वस्ती टापुमा परिणत हुने अध्यक्ष अधिकारीले बताउनुभयो । यहाँका झण्डै ८० घर परिवार यसअघि नै विस्थापित भएका थिए ।

कावासोती –१५ बाघखोर र वडा १७ अमलटारीका ५० भन्दा बढी घर डुवानमा परेका प्रहरीले जनाएको छ । तलबाट नारायणी र माथिबाट केरुङ्गे खोला पसेपछि यहाँका वस्ती डुबानमा परेका हुन् ।

गैँडाकोटका चारवटा वडाका तीन सयभन्दा बढी डुवानमा परेका गैँडाकोट प्रहरीले जनाएको छ । गैँडाकोटका बोटे टोल, सुकुम्वासी टोल, गैरी सिकारी टोल, थुम्सी, पितौजी लगायतका क्षेत्र डुवानमा परेका हुन् ।

यसैगरी नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार गैँडाकोट नगरपालिका २ स्थित होटल रिभर क्राउन र नारायणी रिसोट तथा स्थानीयका घरमा फसेका ७७ जनालाई नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको सयुक्त टोलीले उद्धार गरी सुरक्षित स्थानमा सारेको छ ।

अविरल वर्षापछिको खहरे खोलाले बुलिङटार गाउँपालिका –३ मा तीन घर बगाएको छ । क्षतिको विवरण प्राप्त भइसकेको छैन ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ८ घण्टा अगाडि
rekha_thapa-1

३ पूर्वमिस नेपाललाई लिएर रेखाले थालिन् ‘माया...

  • ८ घण्टा अगाडि
rajeshpayal_balen

बालेनलाई राजेशपायलले दिए गीत उपहार : झिक्कै...

  • ८ घण्टा अगाडि
balen-saha55555

बालेन साहले बुझाए निर्वाचनमा भएको आफ्नो १४...

  • ८ घण्टा अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved