Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

राज्यसँग जोडियो सुस्ता

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • १ वर्ष अगाडि

कावासोती । नारायणी नदीका कारण असहज जीवनयापन गर्न बाध्य सुस्तावासीले अब नदी तर्नका लागि जँघार तर्नु वा डुङ्गाको जोखिम मोल्नु नपर्ने भएको छ । नेपाली बासिन्दा भए पनि गाउँ आउजाउ गर्न भारतीय भूमि प्रयोग गर्न बाध्य सुस्तावासीले त्यो सुविधा पाउने आस गरेको दस वर्षपछि मात्र बिहीबार प्रत्यक्ष अनुभूति गर्न पाए ।

आजको गोरखापत्र दैनिकमा समाचार छ, २०७२ मा सुरु गरिएको तर हालै मात्र निर्माण सम्पन्न भएको झोलुङ्गे पुल सुस्तावासीलाई दिन राष्ट्रपति रामचन्द्र पौडेल नै त्यहाँ पुग्नुभयो । उहाँसाथ कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलगायतका विशिष्ट व्यक्तिले पनि सुस्ताको पीडाको अवलोकन गर्न पाउनुभयो ।

सहरी विकास मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विभाग (डोली) सस्पेन्सन ब्रिज डिभिजनद्वारा सुस्तामा निर्मित त्रिवेणी महेशपुर (सुस्ता) मल्टिस्पान झोलुङ्गे पुलको बिहीबार राष्ट्रपतिले उद्घाटन गर्नुभएको हो ।

 

एक हजार ५७१ मिटर लामो पुलले सुस्ता गाउँपालिका–५ र सोही वडाको सुस्ता गाउँलाई जोड्छ । सुस्ता क्षेत्रमा ३५० घरधुरी बसोवास गर्दै आएका छन् । पुल निर्माण हुनुपूर्व त्यहाँका स्थानीयवासी डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए । पुलको अभावमा सरकारी सेवा लिन दुईदेखि तीन दिनको समय लगाएर जोखिमपूर्ण यात्रा गरी गाउँपालिकाको केन्द्र तथा सदरमुकामा पुग्नुपर्ने अवस्थाको अन्त्य भई अत्यावश्यक सेवा छोटो समयमै लिन सकिने अवस्था सिर्जना भएको छ ।

पुलसँगै उनीहरूले पुलबाटै पार गरिएको बिजुलीको उज्यालो पनि भएका छन् । नेपाल विद्युत् प्राधिकरणबाट विस्तारित राष्ट्रिय प्रसारण प्रणाली र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रद्वारा निर्मित सौर्य मिनी ग्रिड प्रणालीलाई आबद्ध गरी एकीकृत राष्ट्रिय विद्युत् प्रणालीबाट विद्युत् आपूर्ति शुभारम्भ गरिएको थियो ।

नेपाली नागरिकका हैसियतले पाउनुपर्ने यी सुविधा उनीहरूलाई राज्यले प्रदान गरेको उपहार नै बनेको छ तर पनि नागरिकका हैसियतमा राज्यबाट पाउनुपर्ने आधारभूत सुविधामा उनीहरू अझै पछि छन् ।

त्यसैलाई सङ्केत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ‘सुस्तावासीले नागरिकता नपाएको भए नागरिकता र जग्गाको लालपुर्जा पाउने बाटो खुला भएको’ बताउनुभयो । राष्ट्रपति पौडेलले यस्तो अवस्थामा पनि देशको भूमिको रक्षा गरेकोमा सुस्तावासीलाई राष्ट्रकातर्फबाट धन्यवाद व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले यस झोलुङ्गे पुल निर्माणले सुस्ता क्षेत्रमा उत्पादन हुने कृषि उपजले उपयुक्त बजार पाउने र यहाँका बासिन्दालाई आवश्यक पर्ने वस्तु तथा सेवाको सहज पहुँच हुने अवस्था सिर्जना गरेको उल्लेख गर्दै सुस्ता क्षेत्रमा उपलब्ध नभएका शैक्षिक तथा स्वास्थ्य सेवाको सहज पहुँचमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले हिन्दु धर्मावलम्बीको पवित्र तपोभूमिका रूपमा रहेको त्रिवेणीधामनजिकै रहेको नारायणी नदीमाथि निर्माण भएको नेपालकै लामो यस झोलुङ्गे पुलको निर्माणले यस क्षेत्रमा पर्यटकलाई समेत आकर्षित गर्ने सम्भावना त्यतिकै रहेको बताउनुभयो ।

कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सुस्ताका नागरिकले दैनिक जीवन सञ्चालनका लागि डुङ्गाको भरमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता झोलुङ्गे पुल निर्माण भएसँगै अन्त्य भएको बताउनुभयो ।

उहाँले पुलको अभावमा शिक्षाका लागि लामो समय लाग्ने, निम्न माध्यमिक तहभन्दा माथिल्लो शिक्षाको लागि नारायणी नदीको दायाँ किनारातर्फ वा सदरमुकामतर्फका अन्य स्थानमा डेरा गरी बस्नुपर्ने बाध्यता रहेकोमा अब त्यो समस्या अन्त्य भएको बताउनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुस्तावासीलाई विद्युत् सुविधासमेत राज्यले प्रदान गरेको र छुट सुविधा पनि पाउने बताउनुभयो । कार्यक्रममा लुम्बिन प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्य, सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाललगायतले झोलुङ्गे पुल निर्माणले बहुआयामिक महत्व राखेको बताउनुभयो ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ११ घण्टा अगाडि
rekha_thapa-1

३ पूर्वमिस नेपाललाई लिएर रेखाले थालिन् ‘माया...

  • ११ घण्टा अगाडि
rajeshpayal_balen

बालेनलाई राजेशपायलले दिए गीत उपहार : झिक्कै...

  • ११ घण्टा अगाडि
balen-saha55555

बालेन साहले बुझाए निर्वाचनमा भएको आफ्नो १४...

  • ११ घण्टा अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved