काठमाडौं । बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकी यतिबेला नेपाल घुमघाममा छन् । फिल्म ‘शाम्बाला’को प्रिमियरमा सहभागी हुन काठमाडौं आइपुगेका उनी मंगलबार अपरान्ह मुम्बई फर्किने कार्यक्रम छ ।


सोमबार दिनभर उनको व्यस्त तालिका रह्यो । उनी अभिनेता दयाहाङ राईसहित पर्यटकीय थलो लाङटाङ उपत्यकामा पुगे । त्यहाँको भूगोल र प्राकृतिक सौन्दर्यमा रमाएका उनले हेलिकप्टरबाट त्यहाँको हिमाली थलो रसास्वादन गरे ।












