Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

२४ दिनको छायांकनपछि ‘मन बिनाको धन–२’को काठमाडौं शेड्युल पूरा

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४१ मिनेट अगाडि

टंक बुढाथोकीको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘मन बिनाको धन–२’को काठमाडौं उपत्यकामा पहिलो चरणको छायांकन पूरा भएको छ। २४ दिनसम्म चलेको छायांकन भदौ ४ गतेदेखि गरिएको थियो।

भदौ ३ गते शुभमुहूर्त गरिएको चलचित्रको काठमाडौं चरणको छायांकन सकिएसँगै निर्माण टिम अब मुस्ताङतर्फ जाने तयारीमा छ। केही दिनपछि मुस्ताङमा चलचित्रका महत्वपूर्ण दृश्यहरू छायांकन गरिने निर्माण पक्षले जनाएको छ।

टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको चलचित्रमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरूको अभिनय रहेको छ। चलचित्रमा मदनकृष्ण श्रेष्ठ, सरोज खनाल, गौरी मल्ल, विपिन कार्की, पूजा शर्मा, महेश त्रिपाठी, ए।आर। बुढाथोकी, राजाराम पौडेल, किरण केसी, लक्ष्मी गिरी, प्रकाश घिमिरे, निर्मल शर्मा, रश्मिला तामाङ, प्रभातपाल ठकुरी र शंकर श्रेष्ठलगायत कलाकार छन्।

परिवार, सम्बन्ध र भावनात्मक पक्षलाई केन्द्रमा राखिएको चलचित्रको कथा निर्देशक टंक बुढाथोकीले तयार पारेका हुन्। पटकथा तथा संवाद शिवम् अधिकारीको रहेको छ भने संगीत पनि निर्देशक बुढाथोकीले नै सम्हाल्नेछन्।

विष्णुमाया मैनाली बुढाथोकी निर्माता रहेको चलचित्रको छायांकन नरेन्द्र मैनालीले गरेका छन्। मित्र डी. गुरुङ सम्पादन र रेनिश फागो कलरिङमा छन्। चलचित्रमा कविराज गहतराजको नृत्य निर्देशन तथा शुक्रराज शाहको द्वन्द्व निर्देशन रहेको छ। नवराज शर्मा मुख्य सहायक निर्देशक र भोला सुवेदी ‘प्रनाप’ प्रोडक्सन म्यानेजरका रूपमा कार्यरत छन्।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • ३ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • ३ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • ३ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • ३ वर्ष अगाडि

ताजा खबरहरु

सबै
samir-bhatta-12-gaun-2-looks

‘१२ गाउँ २’ मा समीर भट्टको एक्सन...

  • ३६ मिनेट अगाडि
_104529561_koirala_o_nKG3PGy3O9

कांग्रेस संस्थापन इतर समूहले बोलायो आकस्मिक बैठक

  • १ घण्टा अगाडि
balen-2

प्रधानमन्त्रीले दिए फिल्म ‘तिनीहरू’ लाई अस्कर र...

  • १ घण्टा अगाडि
gold

तिजको दिन घट्यो सुनचाँदीको भाउ

  • १ घण्टा अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved