Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

पशुपतिबाट दुई अभिनेताको दुई सन्देश : राजेश हमालले बिरुवा रोपे, नेताविरुद्ध खनिए निखिल

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

गोपीकृष्ण चापागाईं
काठमाडौं । सोमबार बिहान पशुपतिमा दुई फिल्म अभिनेताको भिन्न दृश्य देखियो । पशुपति परिसरमा भइरहेका दुई कार्यक्रममा दुई अभिनेताले भिन्न अन्दाजमा आफूलाई पेश गरे ।

अभिनेता राजेश हमालले वनकाली क्षेत्रमा पुगेर वृक्षरोपण गरे । पञ्जैबाजासहित त्यहाँ पुगेका हमालले बिरुवा रोप्दै वातावरण संरक्षणमा जुट्न सबैलाई आग्रह गरे । उनले राम्रो कामका लागि हात बाँधेर नबस्न आग्रह गरे ।

त्यहीं छेउमा चलिरहेको कोटी होम महायज्ञमा अभिनेता निखिल उप्रेती सहभागी भए । अतिथिको रुपमा त्यहाँ पुगेका निखिलले महायज्ञमा भाषण गरे । भाषण गरिरहँदा उनी धार्मिक नेताजस्तै सुनिए ।

निखिलले अहिलेको राजनीति र नेतृत्वबारे आक्रोश पोखे । उनले राम र रावणको विम्ब पेश गर्दै जनताले आफूभित्रको कंसलाई मार्न सके अहिलेको राजनीति सङ्लिने तर्क पेश गरे ।

‘हामी धेरै चुकिसकेका छौं । लिडरको पनि लिडर श्रीराम अनि भगवान शिव हुनुहन्छ । हामीले हामीभित्रबाट रावण र कंसलाई ढाल्न सक्नुपर्छ । त्यसो गरेमा मात्र सरकार ढल्न सक्छ,’ उनले भने ।

उनले हरेक बालबालिकालाई सनातन धर्म सिकाउनुपर्ने बताए । ‘सनातन कुनै वस्त्र, टीका र मालासँग सम्बन्धित छैन । सनातन परम विज्ञान हो । त्यो विज्ञान बुझेर अघिल्लो पुस्तालाई हस्तान्तरण गर्न सक्नुभन्दा अर्को सम्पत्ति अर्को हुनेछैन,’ उनले भने ।

निखिलले सदा सत्कर्मको लागि तयार रहन सबैलाई आग्रह गरे । भाषणको क्रममा उनले बलिउड अभिनेता अमिताभ बच्चनले फिल्म ‘सराबी’मा दिएको सुपुत्र र कुपुत्रबारेको संवादलाई पेश गरे । सत्कर्ममा लाग्न र भित्रैदेखि कुकर्मलाई हटाउन उनको आग्रह छ ।

निखिल पछिल्लो समय एक फिल्मको तयारीमा छन् । यो महत्वाकांक्षी फिल्मबारे उनले केही बताएका छैनन् । निखिल पछिल्लो पटक पाँच वर्षअघि फिल्म ‘भिलेन’मा देखिएका थिए । त्यसयता उनको कमब्याक हुन सकिरहेको छैन ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
iran-1

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि कूटनीति उपाय अपनाउन...

  • १५ घण्टा अगाडि
InShot_20260228_150120445-scaled

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा...

  • १५ घण्टा अगाडि
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ५ दिन अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved