Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

मिस नेपाल नर्थ अमेरिका २०२४ को लागि दर्जनभन्दा बढी कलाकार अमेरिका आउँदै

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

अमेरिका । मिस नेपाल नर्थ अमेरिका २०२४ को लागि १ दर्जनभन्दा बढी कलाकारहरू अमेरिका आउने भएका छन् ।

अमेरिकाको न्यूयोर्कमा आगामी अगस्ट ३ शनिबारका दिन हुने मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी) २०२४ उनीहरू सहभागी हुन् आउने भएको आयोजक संस्था ड्रिम्स युनिभर्सलका संस्थापक तथा मिस नेपाल नर्थ अमेरिकाका प्रमुख कार्यकारी अधिकारी सैलेश श्रेष्ठले दिएका छन् ।

मिस नेपाल नर्थ अमेरिका सुरु भए देखि नै हरेक वर्ष अगस्त महिनामा हुँदै आएको छ । यस वर्ष पनि अगस्त ३ का दिन समापन समारोह अर्थात् ग्रान्ड फिनाले हुनेछ । विगत वर्ष झैँ यस वर्ष पनि न्यूयोर्ककै प्रसिद्ध मेलरोज बलरुम मै शनिबारका दिन हुनेछ ।

नेपालबाट प्रस्थान गर्ने कलाकारहरूमा क्रमशः नायिका आँचल शर्मा ,कलाकार अनुप बिक्रम शाही ,नायिका वर्षा राउत, उषा उप्रेती ,पूर्व नेपाल सुन्दरी सदिक्षा श्रेष्ठ ,प्रिया रानी लामा (२०१९ की मिस कस्मोपोलिटन वर्ल्ड) डा उदिप श्रेष्ठ ,सन् २०२० की मिस नेपाल युनिभर्स अनिश्का शर्मा , मोडल–सुगठन उद्यमी मिस नेपाल अर्थ २०२२ डा सारिषा श्रेष्ठ , मोडल तथा कार्यक्रम प्रस्तोता सागरिका श्रेष्ठ रहेका छन् ।

साथै आगामी अगस्त ३ का दिन हुने प्रतियोगिताको लागि मिस पपुलर २०२४ अर्थात् लोकप्रिय सुन्दरी २०२४ को लागि मतदान विद्युतीय रूपमा प्रारम्भ गरिएको छ । यस वर्ष देखि अन्तिम समापन समारोहको को लागि सिधै १० जना मनोनीत हुनेछन् ।

विगत वर्ष झैँ यस वर्ष पनि मिस नेपाल नर्थ अमेरिकाको लागि २०१० की नेपाल सुन्दरी सदिक्षा श्रेष्ठले सम्पूर्ण कोरियोग्राफरको भूमिका निर्वाह गर्ने भएकी छिन् । त्यस्तै प्रशिक्षक तथा उपादेशक (मेन्टर तथा र्याम्प वाक ट्रेनर )को रूपमा २०१९ की मिस कस्मोपोलिटन वर्ल्ड प्रिया रानी लामाले गर्ने छिन ।

यसै गरी मिस नेपाल नर्थ अमेरिका २०२४ को शीर्ष २० मा पुग्ने अन्तिम प्रतियोगीहरूमा क्रमशः मीनेसोटाकी आयुषा तुलाधर ,टेक्ससकी आदीश्री रेग्मी ,नर्थ क्यारोलाईनाकी अन्ना कोइराला ,क्यानडाकी अनु सुबेदी ,न्यूयोर्ककी अस्मिता गिरी ,मिसिगनकी अश्मिता तुलाधर ,ओहायोकी दृश्य धिताल ,मेरिल्याण्डकी न्यान्सी क्षेत्री ,न्यूजर्सीकी ओनिका बानिया ,न्यूयोर्ककी प्रिजा राना ,बोस्टनकी रिजा पुरी ,मेरिल्याण्डकी रुबिना गिरी ,मेरिल्याण्डकी रुबी पौडेल ,टेक्ससकी सरिता थागुना ,कोलोराडोकी सर्जु थापा ,जर्जियाकी सोफी पोखरेल ,क्यानडाकी स्वीकृति खड्का ,टेक्ससकी सुजन सुनुवार तथा क्यालिफोर्नियाकी उषा शाह रहेका छन् ।

मिस नेपाल नर्थ अमेरिका विश्वभरिका नेपाली समुदायमा मात्र नभई अन्य समुदायमा पनि त्यतिकै लोकप्रिय तथा स्थापित प्रतियोगिता बन्न सफल भएको छ । यत्र तत्र सर्वत्र चर्चाको शिखरमा पुग्न सफल यस प्रतियोगितालाई अत्यन्तै उच्च सम्मान तथा व्यावसायिक प्रतियोगिताको रूपमा हेरिन्छ । स्थापना काल देखि नै व्यावसायिकताको परिचय दिँदै विगतका सबै प्रतियोगिताहरू उत्तिकै उत्साहजनक तथा सफलतापूर्वक सम्पन्न गरिएका छन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
iran-1

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि कूटनीति उपाय अपनाउन...

  • १५ घण्टा अगाडि
InShot_20260228_150120445-scaled

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा...

  • १६ घण्टा अगाडि
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ५ दिन अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved