Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

टिकट विक्रीमा कल्कीले बनायो नयाँ रेकर्ड

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

नयाँ दिल्ली । दक्षिण भारतीय सुपरस्टार प्रभासको फिल्म कल्कि २८९८ ईस्वीले नयाँ नयाँ रेकर्ड बनाइरहेको छ । हलमा रिलिज भएदेखि फिल्मले अलग अलग रेकर्ड तोडिरहेको छ । हालै कल्की उत्तरी अमेरिकामा सबैभन्दा धेरै कमाउने दोस्रो भारतीय चलचित्र बन्यो ।

अब यो फिल्मको नाममा अर्को कीर्तिमान दर्ता भएको छ । फिल्मले शाहरुख खानको फिल्म जवानको रेकर्ड तोडेको छ । यसले अनलाइन टिकट बुकिङ वेबसाइट बुक माई शोमा टिकट बिक्रीमा जवानको कीर्तिमान तोडेको छ ।

Nabil bank
२० दिनमा बुक माई शोमा फिल्मका १ करोड २१ लाख ५० हजार वटा टिकट विक्री भएको छ । बुक माई शोमा अहिलेसम्म कुनै पनि चलचित्रको यति धेरै टिकट बिक्री भएको थिएन । यसअघि यो कीर्तिमान शाहरुख खान र नयनताराको फिल्म जवानको नाममा थियो । साइटमा जवानका १ करोड २० लाख १० हजार टिकट बिकेका थिए ।

बुक माई शोमा कल्कीको यो मात्रै रेकर्ड छैन । फिल्मको एड्भान्स बुकिङ सुरु भएको एक घण्टामा ९५ हजार ७१० टिकट बिक्री गरेर यसले अर्को पनि कीर्तिमान बनाएको थियो । सो साइटमा एक घण्टामा शाहरुखको जवानको ८६ हजार टिकट विकेका थिए ।

कल्कि २८९८ एडी जुन २७ रिलिज भएको थियो । फिल्मको बक्स अफिस कलेक्सनको कुरा गर्दा पहिलो साता ४१४ करोड ८५ लाख भारु कमाएको थियो । दोस्रो हप्तामा यसको कमाई १२८ करोड ५० लाख भारु रह्यो । तेस्रो हप्ताको अहिलेसम्मको कमाई समेत मिलाएर हेर्दा फिल्मले घरेलु बक्स अफिसमा ५९६ करोड ३२ लाख भारुको व्यापार गरेको छ । विश्वभरको यसको आम्दानीको १ हजार करोड माथि उक्लिसकेको छ ।

कल्कि २८९८ एडीलाई नाग अश्विनले निर्देशन गरेका हुन् । फिल्मलाई वैजयन्ती मुभिजले निर्माण गरेको हो । फिल्ममा प्रभास, दीपिका पादुकोण, अमिताभ बच्चन, कमल हसन, दिशा पटानी, मृणाल ठाकुर, शोभना र राजेन्द्र प्रसादलगायत धेरै कलाकारले काम गरेका छन् । फिल्ममा दुल्कर सलमान, विजय देवरकोंडा र निर्देशक एसएस राजामौलीको क्यामियो पनि देख्न पाइन्छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
iran-1

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि कूटनीति उपाय अपनाउन...

  • १६ घण्टा अगाडि
InShot_20260228_150120445-scaled

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा...

  • १६ घण्टा अगाडि
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ५ दिन अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved