Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

कलाकारले गरे दक्षिणकालीमा ध्यान

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

काठमाडौँ । नेपाल चलचित्र कलाकार सङ्घ तथा नेपाल महर्षि वैदिक फाउन्डेसनको संयुक्त आयोजनामा ब्रह्मानन्द सरस्वती ग्राम दक्षिणकाली नगरपालिका १ मा वैदिक गतिविधि ध्यान एवं महर्षि योगाशनको अभ्यास भएको छ । ६९ चलचित्रकर्मीहरूको सहभागिता रहेको कार्यक्रममा भावातीत योग ध्यानका विभिन्न योगाशनका विषयमा चर्चा गरिएको थियो ।

काठमाडौँको दक्षिणकाली नगरपालिकामा विश्वविख्यात धर्मगुरु महर्षि महेश योगीको नाममा स्थापना भएको उक्त नेपाल महर्षि वैदिक फाउन्डेसनले नेपालमा सनातनी धर्मको रक्षा गर्नुका साथै विभिन्न वैदिक सनातनी कार्यहरूमा आफूलाई क्रियाशील गर्दै आइरहेको फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले बताए । नेपाल चलचित्र कलाकार सङ्घसँग यस्ता कार्यहरूमा सहकार्य गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै निकट भविष्यमा यस्ता कार्यक्रहरुलाई निरन्तरता दिन कलाकार सङ्घसँग अध्यक्ष बास्कोटाले आग्रह गरे ।

कार्यक्रममा नेपाल चलचित्र कलाकार सङ्घका रवीन्द्र खड्का, शिवहरि वैरागी, रामेश्वर बुर्लाकोटी, गोपाल ढकाल छन्दे,नम्रता खरेल, पुकार भट्टराई , पवन केसी ,राजकुमार शाह, नारायण प्रधान, चलचित्र सङ्घका उपाध्यक्ष गोपाल काजी कायस्थ, कलाकार गौरी मल्ल, लय संग्रौला, कृष्ण शिवाकोटी, राकेश खडका, गीता अधिकारी, पत्रकार शान्तिप्रिय, बिजयरत्न तुलाधर, गीता अधिकारी, माधब राज खरेल, पल्पसा डङ्गोल,तारा के सी,मानबहादुर थापा, सुनिल पुरी, श्रीदेव भट्टराई, आशा भुसाल, सविना कार्की, नानी काजी डङ्गोल, रमेश बज्राचार्य, यादव वैरागी, बिक्रमैखडका, बिपिनराज निरौला, ओमा कार्की, दिप श्रेष्ठ, सुरेन्द्र खडका कृष्णमंगल श्रेष्ठ, हरिलाल तामाङ, मन महर्जन, मोती सुबेदी, कृष्ण मुरारी ढुगेंल, बद्री प्रसाद पुडासैनी, उमा कार्की, कृष्ण प्रसाद अधिकारी, दुर्गा नेपाल, देबेन्द्रकुवर, मन्जुथापा, राम शरण कोइराला, जितेन तामाङ लामा, हरि पथिक, सुगतकारन्जीत, वसुन्धरा पन्थी पौडेल, रमेश भण्डारी, भिमसेन बजगाई, डि बि डोंग, रोशन तामाङ, सफल शर्मा, ओम ब कार्की, सन्तोष बस्याल, अमृत मान महर्जन, किरण शाही, राजु शाही,सवि खडका,कुमार ओझालगायत सहभागी थिए ।

कलाकार संघले कलाकारहरूको रिफ्रेसमेन्टका लागी बेलाबखतमा यस्ता कार्यक्रमहरूको आयोजना गर्नु पर्ने धारणा सहभागीहरूले राखेका थिए ।

कार्यक्रममा अभिनेत्री गौरी मल्लले नेपाल चलचित्र कलाकार सङ्घ र नेपाल महर्षि वैदिक फाउन्डेसनले यस्ता कार्यक्रमहरू १÷२ घण्टाको मात्रै नभई १÷२ दिनको नै गर्नु पर्ने बताइन् ।

कलाकारहरूको कार्य व्यस्तता र भाग दौडले गर्दा कलाकारहरूको स्वास्थ्य तथा विचारमा आउने नकारात्मक भावनालाई वैदिक पद्धतिबाट तथा योग तथा ध्यानका माध्यमले सकारात्मक ऊर्जाको उजागर गर्ने उद्देश्य कार्यक्रमले राखिएको नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले बताए । अध्यक्ष निरौलाले कार्यक्रममा सहभागी कलाकार, पत्रकार तथा चलचित्रकर्मीहरूलाई सहभागिताको लागी धन्यवाद प्रकट गर्दै नेपाल महर्षि वैदिक फाउण्डेशनसंग सहकार्य गर्न पाउँदा खुसी लागेको धारणा राखे ।

नेपाल चलचित्र कलाकार संघले यस अघिपनि कलाकारहरूको व्यक्तित्व विकासका लागि योग ध्यान, जीवन विज्ञानका विभिन्न आयामहरु, बिमारी पर्दा अस्पतालमा लाग्ने औषधोपचारमा विशेष छुटका साथै ‘कलाकार र आम सञ्चार’ विचार गोष्ठी लगायतका विभिन्न विषयहरूमा कार्यक्रमहरूको सञ्चालन गर्दै आइरहेको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
sunil-thapa

रहेनन् वरिष्ठ अभिनेता सुनिल थापा, ६८ वर्षको...

  • २ घण्टा अगाडि
nirbachan (3)

प्रतिनिधिसभा निर्वाचनमा आयोगले ९ प्रकारका सामग्री पठाउने

  • २ घण्टा अगाडि
nepali-cricket-mumbai

बलियो इंग्ल्यान्डविरुद्ध पहिलो खेल खेल्दै नेपाल

  • २ घण्टा अगाडि
sena-1 (1)

नवलपुरमा ११ वटा निर्वाचन स्थललाई अति संवेदनशील

  • २ घण्टा अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved