Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

लाफ्टर फर लाइफ : फरक प्रारुपमा हँसाउँदै सन्दीप क्षेत्री

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

काठमाडौं । भुक्तभोगीहरु भन्छन्, हाँसो एक उत्तम औषधि हो । न किन्नुपर्ने, न माग्नुपर्ने । सित्तैंमा पाइने । दुःख, पीडा, निरासा, उदासी, छटपटी जस्ता मनोविकारबाट मुक्त रहने माध्यम हो, हाँसो ।

यद्यपि हाँस्नका लागि पनि कुनै न कुनै बहाना त चाहिन्छ । यस्तै बहाना खोज्नेहरुका लागि एउटा गन्तव्य हुनसक्छ, मोक्ष बार । ललितपुरको झम्सिखेलमा अवस्थित मोक्षमा महिनैपिच्छे हास्य मनोरञ्जनको कार्यक्रम हुँदैछ । र, यहाँ एकल प्रस्तुति दिंदैछन् चर्चित कमेडियन सन्दीप क्षेत्री ।

कार्यक्रमको नाम हो, ‘लाफ्टर फर लाइफ विद सन्दीप क्षेत्री’ । उनका अनुसार यो केही फरक प्रारुपको कार्यक्रम हो । ‘अहिले हामीले ६ वटा शोको तयारी गरेका छौं,’ सन्दीप भन्छन्, ‘हरेक शोमा फरक-फरक पेशा–व्यवसायका मान्छेहरुलाई आमन्त्रण गर्नेछौं ।’ जस्तो, एउटा शोमा शिक्षकहरु आमन्त्रित हुनेछन् भने अर्कोमा चिकित्सकहरु । एउटै पेशा व्यवसायमा आवद्ध व्यक्तिलाई एकै ठाउँमा राखेर उनीहरुको जीवन भोगाइसँग सम्बन्धित सामग्री पस्किंदा त्यो बढी प्रभावकारी हुने उनको विश्वास छ ।

‘निश्चित पेशा व्यवसायका दर्शक छन् भने उनीहरुलाई लक्षित गरेर आफ्नो प्रस्तुति दिन पाइन्छ,’ सन्दीप भन्छन्, ‘यसले उनीहरुलाई बढी स्पर्श गर्छ ।’

दर्शकलाई डिजिटल आमन्त्रण गरिने उनी बताउँछन् । कार्यक्रम हेर्नका लागि कुनै शुल्क लाग्ने छैन । यस्तो शैलीको कार्यक्रम गर्नुको ध्येय भनेको ‘गुणको बदला गुण तिरेजस्तै’ भएको सन्दीप बताउँछन् । ‘मलाई आज सन्दीप क्षेत्री बनाउने उनीहरु नै हुन् । त्यसको बदलामा मैले पनि केही त गर्नुपर्छ भनेर यो कार्यक्रमको डिजाइन गरिएको हो,’ उनी भन्छन् ।

झम्सिखेलस्थित मोक्ष बारमा अर्को सप्ताहन्तदेखि मासिक रुपमा यो कार्यक्रम हुँदैछ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
iran-1

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि कूटनीति उपाय अपनाउन...

  • १७ घण्टा अगाडि
InShot_20260228_150120445-scaled

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा...

  • १७ घण्टा अगाडि
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ५ दिन अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved