Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

फिल्म क्षेत्रको लागि निराशाजनक बजेट, पुरानै कार्यक्रमको निरन्तरता

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदको संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/२०८२ को बजेट कला क्षेत्र (फिल्म, संगीत, नाटक)का लागि निराशाजनक रह्यो । बजेटले फिल्म र संगीत क्षेत्रलाई उपेक्षा गरेको भन्दै फिल्मकर्मीले गुनासो गरेका छन् ।

केही वर्षदेखि हरेकजसो बजेटमा समावेश हुँदै आएको दोलखाको फिल्म सिटी र बनेपाको फिल्म स्टुडियोको योजना यसपटक पनि दोहोरिएको छ । बनेपाको फिल्म स्टुडियोको काम सुरु गरिने, दोलखाको फिल्म नगरीको निर्माण निजी र सार्वजनिक साझेदारीमा गरिने योजना उल्लेख छ । यो विषयमा यसअघिका सरकारले ल्याउने बजेटमा पनि बजेट विनियोजन हुँदै आएको थियो ।

यसबाहेक सरकारले भाषा, साहित्य, दर्शन, संस्कृति, कला, संगीत, नाटक लगायतका अमूर्त सांस्कृतिक क्षेत्रको विकास र प्रवर्धन गर्ने घोषणा गरेको छ । पहिलोपटक सरकारले ल्याएको बजेटमा प्रतिलिपि अधिकारको संरक्षण र नियमन गर्ने कुरा उल्लेख छ ।

फिल्म निर्देशक मनोज पण्डितले बजेट हेर्दा सरकारको प्राथमिकतामा फिल्म र कला क्षेत्र नरहेको स्पष्ट भएको बताए । यस क्षेत्रको विकासमा सरकार गम्भीर र जिम्मेवार नभएको उनको टिप्पणी छ ।

पण्डितले फिल्म सिटी र स्टुडियोको योजनासँग कुनै आकर्षण नरहेको र यी योजनालाई खारेज गरे पनि हुने प्रतिक्रिया दिए । ‘अब योजना नै रद्द गर्दा फरक पर्दैन’ उनले भने । यतिसम्मकी, सरकारले गत महिना ल्याएको नीति तथा कार्यक्रममा समावेश योजनालाई पनि बजेटमा ल्याएको छैन । नीति तथा कार्यक्रमको ८९ र ९३ मा फिल्म क्षेत्रलाई सम्बोधन गरिएको थियो ।

नीति तथा कार्यक्रमको ८९औँ बुँदामा ‘हलिउड तथा बलिउडलगायतका अन्तर्राष्ट्रिय चलचित्र निर्मातालाई नेपालमा चलचित्र छायांकनका लागि आकर्षित गरी चलचित्र पर्यटन प्रवर्धन गरिनेछ,’ भन्ने उल्लेख थियो । यो योजना पनि बजेटमा समावेश छैन ।

साथै, नीति तथा कार्यक्रमको बुँदा ९३ मा पनि फिल्म र संगीतलाई समेटिएको थियो । ‘समाज रूपान्तरणका लागि उल्लेखनीय योगदान गर्ने व्यक्ति र आन्दोलनसँग सम्बन्धित ऐतिहासिक चलचित्र, गीत, संगीत, अनुसन्धान तथा स्वदेशी चलचित्र प्रवर्धन गर्न ‘परिवर्तनका लागि कला साहित्य कार्यक्रम’ सञ्चालन गर्ने उल्लेख गरेको थियो । यो कार्यक्रम पनि बजेटमा छैन ।

प्रदर्शक अर्थात चलचित्र संघले एक वर्षदेखि फिल्म विकास शुल्क घटाउन पटक-पटक संचारमन्त्रीलाई दवाव दिँदै आएको थियो । संचारमन्त्रीले घटाएर राहत दिने वचन समेत दिएकी थिइन् । आफूहरुको मुख्य माग सम्बोधन नभएपछि प्रदर्शकहरु निराश मात्र छैनन्, व्यवसाय चुनौतिपूर्ण हुने आंकलन गर्दैछन् ।

फिल्म निर्देशक पण्डित बजेटले नेपाली फिल्म क्षेत्रको हैसियत स्पष्ट पारेको बताउँछन् । ‘सरकारले हाम्रो हैसियत नंगाइदिएको छ । फिल्म क्षेत्र वास्तवमा यतिबेला अभिभावकत्वविहिन छ । फिल्म क्षेत्रसँग लिडरसिप छैन । यसको उपज हो, अहिलेको बजेट’ उनी भन्छन् ।

फिल्मको विकासमा सरकारको नदेखिएको बताउँदै पण्डित फिल्मलाई राजनीतिको मुख्य अंग बनाएर अघि नबढेसम्म यस्तो स्थिती रहिरहने टिप्पणी गर्छन् । ‘जब लिडरसिप हुँदैन । राज्यका निकायसँग बलियोसँग लड्ने काम हुँदैन । यो अवस्थामा यस्तै बजेट आउँछ । अनौठो नमाने हुन्छ’ उनी भन्छन् । उनी आगामी वर्षको बजेटका लागि पनि अहिल्यैदेखि तयारी गर्नुपर्ने धारणा राख्छन् ।

केही फिल्मकर्मीले सामाजिक संजालबाट बजेटप्रति आक्रोश र निराशा व्यक्त गरेका छन् । चलचित्र विकास बोर्डले सरकारलाई दवाव दिन चुकेको विश्लेषण समेत उनीहरुको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
iran-1

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि कूटनीति उपाय अपनाउन...

  • १५ घण्टा अगाडि
InShot_20260228_150120445-scaled

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा...

  • १५ घण्टा अगाडि
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ५ दिन अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved