Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

इरानी राष्ट्रपति राईसीको अन्त्येष्टिमा सहभागिताका लागि दशौँ हजार व्यक्ति तेहरानमा भेला

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

तेहरान । गत आइतबार हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका इरानी राष्ट्रपति इब्राहिम राइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानलगायतको टोलीको अन्त्येष्टि समारोहमा सहभागी हुन दशौं हजार इरानी नागरिक बुधबार तेहरानको सडकमा भेला भएका छन् ।

इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले राष्ट्रपति रायसी, विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियनलगायत हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सबैका लागि प्रार्थना गर्ने कार्यक्रम रहेको तेहरान विश्वविद्यालय र वरपर राईसीका प्रशंसकहरूले उनको तस्वीर बोकेर भेला भएका इरानी सञ्चारमाध्यमले देखाएका छन् ।

अजरबैजानसँगको सीमामा बाँध परियोजनाको उद्घाटन समारोहमा सहभागी भएपछि उत्तरी इरानको ताब्रीज शहर जाने क्रममा आइतबार उत्तरी इरानको कुहिरोले ढाकेको पहाडमा राईसी सवार हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो ।

सरकारी टेलिभिजनले सोमबार बिहानै रायसीको निधन भएको घोषणा गरेको हो । खामेनीको उत्तराधिकारीका रूपमा सर्वोच्च नेताका रूपमा अपेक्षा गरिएका राईसी ६३ वर्षका थिए । राजधानीमा दिवङ्गत राष्ट्रपति रायसीलाई ‘सेवाका शहीद’ भनेर प्रशंसा गर्दै ठूल्ठूला ब्यानर टाँगिएका छन् भने उनीहरूले आफूहरू ‘विपन्नका सेवक’ नेताको अन्तिम बिदाइमा सरिक हुन उपस्थित भएको जनाएका छन् ।

विदेशी उच्चपदस्थ अधिकारीसमेतको सहभागिता रहने उक्त जुलुस विश्वविद्यालयबाट निस्केर शहरको मध्यभागमा रहेको विशाल एन्घेलाब स्क्वायरमा जाने योजना रहेको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । ताब्रिज शहर र कोम कोमको शिया लिपिक केन्द्रमा हजारौँको सङ्ख्यामा कालो पहिरनमा शोक मनाइरहेका मानिसको उपस्थितिमा दिवङ्गत राष्ट्रपति र उनको भ्रमण दलमा रहेको टोलीको अन्त्येष्टि संस्कार मङ्गलबारदेखि सुरु भएको हो ।

तेहरानबाट शवलाई दक्षिण खोरासान प्रान्तमा लगिने छ र त्यसपछि उत्तरपूर्वमा रहेको राईसीको गृह नगर मशादमा लगिनेछ, जहाँ बिहीबार साँझ इमाम रेजा दरगाहमा इस्लामिक परम्परा अनुसार अन्तिम संस्कारपछि उनको अन्त्येष्टि गरिनेछ ।

खामेनीले इरानी संविधान अनुसार राष्ट्रपति रायसीको मृत्युपछि उनको सम्मानमा पाँच दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन् भने ६८ वर्षीय उपराष्ट्रपति मोहम्मद मोख्तरलाई आगामी जुन २८ मा हुने निर्वाचनसम्म कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी तोकेका छन् ।

इरानले शीर्ष आणविक वार्ताकार अली बागेरीलाई कार्यवाहक विदेशमन्त्रीको जिम्मेवारी दिएको छ । इरानी सशस्त्र बलका प्रमुख मोहम्मद बागेरीले हेलिकप्टर दुर्घटनाको कारणबारे अनुसन्धान गर्न सुरक्षा निकायलाई आदेश दिएका छन् । इरानको आणविक गतिविधिलाई लिएर अमेरिकी प्रतिबन्धका कारण अर्थतन्त्र धरासायी भइरहेका बेला रायसी सन् २०२१ मा उदारवादी हसन रौहानीको स्थानमा राष्ट्रपति निर्वाचित भएका थिए ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
y_t4IhGjxkTQ

एमाले केन्द्रीय सदस्यमा इन्ट्री हुँदैछन् यी युवा...

  • २ दिन अगाडि
balen1

बालेनले ल्याए ‘आम नेपाली बुवा’, हेर्नूस ‘झरीपछिको...

  • २ दिन अगाडि
Mugu-1-1024x576

धुनी तापेर पढ्दै विद्यार्थी

  • २ दिन अगाडि
KP-Sharma-Oli-UML-Meeting-1024x682

एमाले केन्द्रीय कमिटी बैठक सुरु

  • ३ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved