Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

नवलपुरमा १० महिनामा २० अर्ब बढि राजस्व संकलन

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

कावासोती । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा नवलपुरमा २० अर्ब भन्दा धेरै राजस्व संक्लन भएको छ ।

कोष तथा लेखा नियन्त्रकको कार्यालय नवलपुरले उपलब्ध गराएको तथ्यांक अनुसार संघ र प्रदेश तर्फ गरेर जिल्लामा २० अर्ब ९५ करोड, ८७ लाख ६४ हजार ४ सय ५० राजस्व संकलन भएको छ ।

संघीय सरकारलाई जाने राजस्व तर्फ २० अर्ब ५० करोड ६९ लाख ५५ हजार ७ सय ७९ र प्रदेश सरकारलाई जाने राजस्व तर्फ ४५ करोड १८ लाख ८ हजार ६ सय ७९ रुपिया राजस्व संकलन भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय नवलपुरले जनाएको छ ।

चालु आ.वको १० महिनाको अवधिमा संघीय सरकारलाई जाने राजस्व तर्फ आन्तरिक राजस्व कार्यालय कावासोतीले सबै भन्दा धेरै राजस्व संकलन गरेको छ ।यो अवधिमा आन्तरिक राजस्व कार्यालयले २० अर्ब ३३ करोड ८० लाख ९७ हजार ७ सय ३२ राजस्व संकलन गरेको कोलेनिका नवलपुरले जनाएको छ । त्यसै गरि कोलेनिकाले उपलब्ध गराएको तथ्यांक अनुसार जिल्ला प्रशासन कार्यालयले ८ करोड ३९ लाख ५१ हजार १ सय २०, जिल्ला ट्राफिक कार्यालयले २ करोड ४२ लाख १ हजार ७ सय११, जिल्ला अदालतले १ करोड ५७ लाख ७७ हजार ७ सय ९९, त्रिवेणि भन्सार कार्यालयले १ करोड ५८ लाख ५१ हजार ६ सय ४७ राजस्व संकलन गरेका हुन ।

त्यसै गरि चालू आ.वको १० महिनामा प्रदेश अन्तर्गतको यातायात व्यवस्था सेवा कार्यालयले २५ करोड ६९ लाख ३९ हजार २ सय २७, मालपोत कार्यालयले १२ करोड ९१ लाख ६१ हजार ६ सय २७ , डिभिजन वन कार्यालयले ४ करोड ५२ लाख ८१ हजार ८ सय ५४ राजस्व संकलन गरेका छ्न । प्रदेश तर्फ सवै भन्दा धेरै राजस्व संकलन गर्ने कार्यालयमा यातायात व्यवस्था कार्यालय रहेको छ ।

नवलपुरमा राजस्व उठने दर राम्रो देखिए पनि चालु आवको १० महिनामा पुजी गत खर्च भने न्यून भएको छ । जिल्लामा संघीय सरकारले रु.३ अर्ब ९० करोड ८५ लाख ६७ हजार ९ सय ९ छुट्टाएकोमा वैशाख मसान्तसम्म १ अर्ब १५ करोड ८१ लाख ९७ हजार २ सय २४ अर्थात २९.६३ प्रतिशत मात्रै विकास बजेट खर्च भएको हो । त्यसै गरि कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार गण्डकी प्रदेश सरकारले जिल्लाका लागी छुट्टाएको रू १ अर्ब ३२ करोड ८६ लाख १७ हजार मध्ये ६० करोड ४८ लाख ९१ हजार ३ सय ८८ अर्थात ४५.५२ प्रतिशत मात्रै खर्च भएको छ ।

जिल्लामा १० महिनामा संघीय सरकारले उपलब्ध गराएको चालू खर्चको ८५.०१ प्रतिशत र प्रदेश सरकारले उपलब्ध गराएको चालू खर्चको ४५.५२ प्रतिशत खर्च हुँदा सोझै जनतासम्म पुग्ने विकास (पूँजीगत) बजेट न्यून खर्च भएको हो ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
iran-1

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि कूटनीति उपाय अपनाउन...

  • १३ घण्टा अगाडि
InShot_20260228_150120445-scaled

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा...

  • १३ घण्टा अगाडि
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ५ दिन अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved