Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

नारायणी नदीमा ‘सिग्नेचर ब्रिज’को शिलान्यास २ सय वर्षसम्म राजमार्गको सवारी चाप व्यवस्थित हुन्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

नवलपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणी नदीमा बन्न लागेको नयाँ पुल ‘सिग्नेचर ब्रिज’को शिलान्यास गरेका छन् ।

सोमबार बिहान चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’को शिलान्यास गरेका हुन् । चितवनको भरतपुर महानगरपालिका र नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैँडाकोट नगरपालिका जोड्ने हाल रहेको पुलसँगै उत्तरतर्फ रहने गरी ४२० मिटर लामो नयाँ पुल शिलान्यास गरेका हुन् । प्रचण्डले जग पूजासँगै शिलालेख अनावरण गरेका थिए ।

सो क्रममा बोल्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राजतन्त्रकालमा भन्दा कैयौँ गुणा बढी विकास भएको बताए । चालु आर्थिक वर्षमा मात्रै १४९ वटा भन्दा बढी पुलहरुको निर्माण गरिएको उल्लेख गरे । प्रधानमन्त्री ‘प्रचण्ड’ले सम्झौता अनुसार निर्धारित समयमै पुल निर्माण हुनेमा विश्वास व्यक्त गरे । ‘प्रचण्ड’ले तुलनात्मक अध्ययन नै नगरी देशमा केही हुँदैन भन्ने नकारात्मक भाष्य सिर्जना गर्नु गलत भएको बताए ।

सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, सञ्चार, खानेपानी, विद्युतजस्ता भौतिक पूर्वाधारको विकास एवम् सामाजिक सुरक्षा, सेवा प्रवाह, सेवाको सरलीकरण र प्रभावकारिता लगायतका मानवीय विकासका क्षेत्रमा समेत नेपालले राम्रो प्रगति गरिरहेको प्रधानमन्त्री ‘प्रचण्ड’ले बताए । पछिल्लो राजनीतिक परिवर्तनपछि नेपालमा सडक सञ्जालको विस्तार चमत्कारिक हिसाबले अगाडि बढेको उल्लेख गरे ।

पूर्वपश्चिम राजमार्गको मध्यभागमा रहेको भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिका जोड्ने ‘सिग्नेचर ब्रिज’ निर्माण भएपछि २०० वर्षसम्मको राजमार्गको सवारी चाप व्यवस्थित हुने विश्वास व्यक्त गरे ।

पुलका विशेषता

४ सय २० मिटर लामो
चार वटा पिल्लर रहने
१२ मिटर फराकिलो
पानीजहाज आवतजावत गर्न मिल्ने
बीचमा सात दशमलव पाँच मिटर फराकिलो सडक रहने
उत्तरतर्फ बाँकी भागमा फराकिलो फुटपाथ हुने ।
फुटपाथमा साइकलसमेत चलाउन सकिने
उप प्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठको विशेष पहलमा यो कार्यको थालनी भएको उल्लेख गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले सम्झौता बमोजिमको काम समयमा नै सम्पन्न गर्न विभाग र परियोजनालाई निर्देशन दिदैँ आइपर्ने समस्या समाधानका लागि सहजिकरण गर्ने बताए ।

भरतपुर महानगरपालिका र माडी नगरपालिका जोड्ने राष्ट्रिय निकुञ्ज भित्रको सडक धुलो रहित बनाउन कानुनी जटिलता हटाइएकोले यसपटक नीति तथा कार्यक्रम र बजेटमा व्यवस्था गरी धुलो रहित बनाउने बताए ।

उप प्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले आफ्नो कार्यकालको महत्त्वपूर्ण योजना रहेकाले यसलाई विशेष प्राथमिकतामा राखी सम्पन्न गर्ने बताए ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सात वर्षअघि आफू पहिलो पटक महानगर प्रमुखको उम्मेदवार हुँदा घोषणापत्रमा उल्लेख गरेर निरन्तर पहलकदमीपछि पुल निर्माण हुने अवस्थामा पुगेको बताइन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले पछिल्लो प्रविधि प्रयोग गरी आधुनिक केबलस्टेट ब्रिज निर्माण गर्न लागिएको बारे जानकारी गराएका थिए ।

सन् २०२३ जुन २ मा तुँदी कन्स्ट्रक्सन प्रालिले चार वर्षभित्रमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको छ । मूल्यअभिवृद्धि करसहित रु एक अर्ब ६८ करोड ७६ लाख २३ हजार तीन सय ५४ मा ठेक्का सम्झौता भएको हो । पहिलो एक वर्ष डिजाइन समय हो भने बाँकी तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी काम अघि बढेको छ । डिजाइनको काम करिब सम्पन्न भएको छ ।

नयाँ बन्ने पुल चार सय २० मिटर लामो हुनेछ । जम्मा चार वटा पिल्लर रहने यस पुलको मुनिबाट ठूला पानीजहाज आवतजावत गर्न मिल्ने गरी बनाइएको छ । पुलको बीचमा दुई पिल्लरबीचको भाग दुई सय १० मिटर फराकिलो छ । यहाँबाट जहाज आवतजावत गर्न सक्छन् । पुलको दुई ठाउँमा टावर राखिएका छन् । पुल १२ मिटर फराकिलो हुनेछ । बीचमा सात दशमलव पाँच मिटर फराकिलो सडक रहनेछ भने उत्तरतर्फ बाँकी भागमा फराकिलो फुटपाथ हुनेछ । जहाँ साइकलसमेत चलाउन सकिने छ ।

हाल भएको नारायणीको पुल विसं २०३८ मा बनेको हो । यो पुलमा १४ वटा पिल्लर छन् । भारतीय ठेकेदार कम्पनीले निर्माण गरेको नारायणी नदीको हालको पुल पुरानो र साँघुरो छ । यसैसँग जोडर उत्तरतर्फ नयाँ पुल निर्माण गर्न लागिएको हो ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • १० घण्टा अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • १० घण्टा अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • १० घण्टा अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved