Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

६ महिनापछि फर्किएकी रेखा : ‘अमेरिकाबाट हेर्दा हाम्रो राजनीति, समाज र फिल्मको माया लाग्ने रहेछ’

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

काठमाडौं । अभिनेत्री तथा फिल्म निर्मात्री रेखा थापा ६ महिना लामो अमेरिका बसाइपछि नेपाल फर्किएकी छन् । आधा वर्ष लामो बसाइमा उनले छोरी वैभवीलाई जन्म दिइन्, मातृत्वको आनन्द लिइन् र फिल्म ‘उपहार’लाई अमेरिकामा रिलिज गरिन् ।

रेखाको यो विदेश बसाइ उनको जीवनको सबैभन्दा लामो प्रवास बसाइ रह्यो । सन्तान लाभको आनन्ददेखि लामो समय बस्दाको ‘सफोकेसन’बीच रेखाले मिसिङ गरेको सबैभन्दा प्रमुख कुरा के थियो ?

जुलियन !

त्यो जुलियन उनको कुकुर मात्र रहेन, उनले एडप्ट गरेको परिवारको सबैभन्दा मायालु सदस्य । जसले रेखालाई अमेरिकाबाट फर्किंदा आइफोन ल्याइदेऊ भनेन । यो ल्याइदे, त्यो ल्याइदे भनेर किचकिच गरेन । रेखा आउने बाटो हेर्दै उसले मित्रपार्कको अपार्टमेन्टमा पर्खिरह्यो ।

‘अनि मैले मिस गरेको सबैभन्दा ठूलो कुरा काठमाडौं थियो,’ रेखा सुनाउँछिन्, ‘हामी जतिसुकै सफा र प्रणालीले चलेको देशमा पुगौं, आफ्नै काठमाडौंको भीडभाड र प्रदूषणको सम्झना आउने, तिनै कुरा प्रिय लाग्ने ।’

जुलियन र काठमाडौं मात्र होइन, रेखाले नेपाली राजनीति, फिल्म र समाजलाई पनि मिस गरिन् । ‘अमेरिका त सिस्टममा चलेको देश हो । यहाँजस्तो झगडा हुँदैन । तर नेपाली र फिल्मकै झगडा प्रिय हुने रहेछ,’ उनी भन्छिन्, ‘यो फिल्मसँग त्यो फिल्म जुध्यो भन्ने हल्ला पनि मिस गरें ।’

रेखा भन्छिन्, ‘उताबाट यता हेर्दा राजनीति, फिल्म, समाज र अन्य क्षेत्रलाई हेर्दा माया लाग्दो रहेछ । हाम्रो कुनै पनि क्षेत्र सिस्टम्याटिक छैन । उता सिस्टममा चलेको देश हो ।’

सुत्केरी अवस्था मेडिटेसन गरेजस्तै

भनिन्छ, सुत्केरी अवस्थामा एन्जाइटी र डिप्रेसन हुन्छ । तर रेखा आफूलाई ध्यान गरेजस्तै महसुस भएको बताउँछिन् । ‘म समतामा थिएँ । मन र ध्यानले आनन्द आयो । देशतिर फर्किएर हेर्दा कुनै पनि कुरा नेगेटिभ देखिनँ । साइलेन्स्ली ध्यान गरेको थिएँ,’ उनी भन्छिन्, ‘गर्भवती हुँदा कति चीज, आफूलाई करेक्सन गर्ने मौका हुने रहेछ । एन्जाइटी, डिप्रेसन हुन्छ भन्छन् । तर मलाई मेडिटेसन महसुस भयो ।’

छोरी वैभवीको उमेर जेठ १० मा तीन महिना लाग्छ । रेखाले उनलाई कोलोराडाको अस्पतालमा जन्म दिइन् । अमेरिकामा सुत्केरी हुन सजिलो रहेको उनको अनुभव छ । ‘मैले त्यहाँ सुरक्षित मातृत्वको अनुभव लिएँ । हेरचाह राम्रोसँग गरिने रहेछ,’ रेखा सुनाउँछिन् ।

बच्चा जन्मिएको भोलिपल्टै अमेरिकातिर सुत्केरी ठम्ठम हिंडेको रेखाले देखिन् । यो अनुभव रेखाले पनि लिइन् । गएको मंसिरमा रेखा बेबी प्लानसहित अमेरिका उडेकी थिइन् ।

अबको योजना

केही समय छोरी वैभवी र आफूलाई समय दिने रेखा बताउँछिन् । ‘केही समय अरुलाई भेट्दिनँ । आफूलाई समय दिन्छु । त्यसपछि स्क्रिप्ट पढेर फाइनल गर्छु,’ उनी भन्छिन्, ‘वैभवी तीन महिना पुगेपछि मात्र अरु काम गर्छु । अहिले उसैसँग समय बिताउँछु ।’

रेखा यस्तो समयमा अमेरिका पुगिन् जतिबेला उनले निर्माण र अभिनय गरेको पछिल्लो फिल्म ‘उपहार : द जर्नी अफ लाइफ’ प्रदर्शनको संघारमा थियो ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
iran-1

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि कूटनीति उपाय अपनाउन...

  • १५ घण्टा अगाडि
InShot_20260228_150120445-scaled

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा...

  • १६ घण्टा अगाडि
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ५ दिन अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved